Logo

२०८३, श्रावण ३०गते


images
images

राप्रपा देवदहद्वारा ३७ सदस्यीय विपत व्यवस्थापन तथा उद्दार समिति गठन

राप्रपा देवदहद्वारा ३७ सदस्यीय विपत व्यवस्थापन तथा उद्दार समिति गठन

images
  • राप्रपा देवदहद्वारा ३७ सदस्यीय विपत व्यवस्थापन तथा उद्दार समिति गठन
    images
    images

    देवदह । राष्ट्रिय प्रजातन्त्र पार्टी देवदह नगर समितिले विपद व्यवस्थापनका लागि ३७ सदस्यीय विपत व्यवस्थापन तथा उद्दार समिति गठन गरेको छ। आइतबार एक कार्यक्रम विच राप्रपा देवदह नगरले उद्दार टोलि सार्वजनिक गरेको हो। 

    images
    images
    images

    देवदहका १२ वटा वडाबाट प्रतिनिधित्व हुने गरि कार्यपालिका सदस्य ओम बहादुर परियारको संयोजकत्वमा विपद व्यवस्थापन समिति गठन गरिएको राप्रपाले जनाएको छ । 

    images
    images
    images

    समितिको सह संयोजकमा शालिकराम चापागाईं र यज्ञ प्रसाद तिवारी रहेका छन् । जसको सदस्यहरुमा किरण गौतम,धनराज भूर्तेल, पारस अधिकारी, खड्क रसाइली, कृष्ण खनाल, जितेन्द्र अग्रहरी, राजेन्द्र हरीजन, मुनु लम्साल, मुक्त बहादुर बसेल, कृष्ण पाण्डे,पूर्ण बहादुर गुरुङ, सुदिप पौडेल, बिष्णु गुरुङ, सिसिर सुनार, कमल न्यौपाने, प्रेम नारायण केवट,मिथुन गुरुङ, लक्ष्मण चैधरी,  गोविन्द तेली, अमर सिंजाली, कृष्ण तिवारी, गाविन्द खरेल, दुद ब. गुरुङ, खेम नारायण ढकाल, बिनोद राना मगर, लोक बहादुर सुनार, शंकर थापा क्षेत्रि, जस कुमार पुन,सुरेश चौधरी, निर्मला जि.सि., जानकी मल्ल, शोभा विक, बिनोद सेन्चुरी र मन कुमारी सुनार रहेका छन्। 

    images
    images
    images

    वर्षादको समयमा बाढी पहिरोबाट हुने जोखिम तथा दुर्घटना न्यूनीकरण गर्नका लागि उद्दार टोलि गठन गरिएको देवदह नगरपालिका वडा नम्बर ११ का वडा अध्यक्ष दुध नाथ यादबले बताए । 

    यस अघिको बर्षमा पनि वर्षातको समयमा हुने जोखिम न्यूनीकरण गर्नका लागि विपद व्यवस्थापन टिम गठन गरिएको र यस बर्ष पनि थप व्यवस्थित गरि उद्दार टोलि गठन गरिएको राप्रपा नगर उपाध्यक्ष बिनोद कुमार विकले बताए । 

    उद्दार टोलीका लागि राप्रपा पूर्व केन्द्रिय सदस्य तोयानाथ लम्सालले ४२ थान रेनकोट सौजन्य गरेका छन् । 

    बाढी तथा जोखिममा परेको खण्डमा संयोजक ओम बहादुर परियारको मोबाइल नम्बर ९८०३५८८५२४ तथा ९८५७०३९७७७ मा सम्पर्क गर्न सकिने नगर समितिका उपाध्यक्ष विकले बताए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # देवदह
  • # राप्रपा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।