Logo

२०८३, श्रावण ३०गते


images
images

हिन्दु देवताको फोटो भएको पत्रिकामा राखेर मासु बेचेको आरोपमा भारतमा एकजना पक्राउ

हिन्दु देवताको फोटो भएको पत्रिकामा राखेर मासु बेचेको आरोपमा भारतमा एकजना पक्राउ

images
  • हिन्दु देवताको फोटो भएको पत्रिकामा राखेर मासु बेचेको आरोपमा भारतमा एकजना पक्राउ
    images
    images

    २२ असार, काठमाडौं । देवी देवताको फोटो भएको कागजमा राखेर मासु बेचेको आरोपमा भारत उत्तर प्रदेशका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।
    उत्तर प्रदेशको सम्भल जिल्लाका तालिब हुसेन नामका व्यक्तिलाई प्रहरीले पक्राउ गरेको हो । उनी महक रेस्टुरेन्टका सन्चालक हुन् । उनले भगवानको फोटो भएको पत्रिकामा बेरेर मासु बेचेको आरोप छ ।


    सम्भल प्रहरीका एक जना अधिकृत जितेन्द्र कुमारले पत्रकारहरुसँग कुरा गर्दै भनेका छन्, ‘प्राप्त सूचनाको आधारमा प्रहरी त्यहाँ पुग्दा महक रेष्टुरेन्टका मालिक ५८ वर्षीय तालिब हुसेनले हिन्दु देवीदेवताका फोटो भएको पत्रिकामा राखेर मासु बेचिरहेको पाइयो । त्यहाँ हिन्दु धर्म मान्नेहरुको भावनामा चोट पुगेको थियो । त्यहाँ मानिसहरुको ठूलो भिड जम्मा भएको थियो र दुई धार्मिक समुदायबीच झगडा हुने सम्भावना थियो ।’ त्यसपछि तालिब हुसेनलाई पक्रेर आवश्यक कारबाही प्रक्रिया अघि बढाइएको उनले बताएका छन् ।

    चन्दन आर्य ट्वीटर ह्याण्डिल भएका एक व्यक्तिले सम्भल प्रहरीलाई मेन्सन गरी महक रेष्टुरेन्टवालाले भगवानको फोटो भएको पत्रिकामा राखेर कुखुराको मासु बेचिरहेको भन्दै उनलाई प्रशासनले कारबाही गर्नुपर्ने लेखेका थिए ।


    सोही ट्वीटमा जवाफ दिंदै प्रहरीले ती व्यक्तिलाई पक्राउ गरी कानुनी कारबाही भइरहेको बताएको छ । अन्य व्यक्तिहरुले पनि त्यसबारे गरेको ट्वीटमा प्रहरीले आफ्नो जवाफ दिएको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।