काठमाडौँ । भारतको उत्तर प्रदेशको बाराबंकीको शिव मन्दिरमा विद्युतीय करेन्ट लागेर भागदौड मच्चिएको छ । यस घटनामा दुई जनाको मृत्यु भएको छ भने केही घाइते भएका छन् ।
मुख्यमन्त्री योगी आदित्यनाथले मृतकका परिवारप्रति समवेदना व्यक्त गरेका छन् र घाइतेहरूको उपचार गर्न जिल्ला प्रशासनलाई निर्देशन दिएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।
अहिलेसम्म १९ जना घाइते भएका छन्, जसमा दुई जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।
साउनको सोमवार भक्तजनहरू अवसनेश्वर महादेव मन्दिरमा पूजा गर्न भेला भएको बेला सो घटना भएको बताइएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology