Logo

२०८३, श्रावण ३०गते


images
images

सडक दुर्घटना

भारतमा ट्रक र ट्र्याक्टर ठोक्किँदा ८ जनाको मृत्यु, ४३ घाइते

भारतमा ट्रक र ट्र्याक्टर ठोक्किँदा ८ जनाको मृत्यु, ४३ घाइते

images
  • भारतमा ट्रक र ट्र्याक्टर ठोक्किँदा ८ जनाको मृत्यु, ४३ घाइते
    images
    images

    गोरखपुर । भारत उत्तर प्रदेशको बुलन्दशहरस्थित राष्ट्रिय राजमार्ग–३४ मा सोमबार बिहान एक कन्टेनरले भक्तजन बोकेको ट्र्याक्टरलाई ठक्कर दिँदा कम्तीमा ८ जनाको मृत्यु भएको छ भने ४५ जना घाइते भएका छन् । घटना घाटाल गाउँ नजिकै भएको हो, जब कासगञ्ज (यूपी) बाट राजस्थानको गोगामेडी जाँदै गरेका गोगाजीका भक्तजन सवार ट्र्याक्टर दुर्घटनामा परेको हो । पीडितमध्ये १२ जना बालबालिका थिए ।

    images
    images
    images

    जानकारी पाएलगत्तै जिल्ला अधिकारी (डीएम) र वरिष्ठ प्रहरी अधीक्षक (एसएसपी) सहितको प्रहरी टोली दुर्घटनास्थल पुगेको थियो । घाइतेलाई अलीगढ मेडिकल कलेज, बुलन्दशहर जिल्ला अस्पताल र कैलाश अस्पतालमा भर्ना गरिएको छ । तीमध्ये तीन जनाको अवस्था गम्भीर छ र भेन्टिलेटरमा राखिएको छ ।

    images
    images
    images

    घटनापछि अर्निया प्रहरी र वरपरका प्रहरी चौकीका टोली तुरुन्तै घटनास्थल पुगेका थिए । प्रारम्भिक अनुसन्धानमा भक्तजन बोकेको ट्र्याक्टर-ट्रलीलाई बढी मानिस राख्न मिल्ने गरी दोहोरो तल्लामा रूपान्तरण गरिएको पाइएको प्रहरीले जनाएको छ ।

    images
    images
    images

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # उत्तर प्रदेश
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।