Logo

२०८३, श्रावण ३०गते


images
images

बाजुरामा स्थगित भएको स्थानीय तहको निर्वाचन आज हुँदै, स्थिति फेरि पनि तनावग्रस्त 

बाजुरामा स्थगित भएको स्थानीय तहको निर्वाचन आज हुँदै, स्थिति फेरि पनि तनावग्रस्त 

images
  • बाजुरामा स्थगित भएको स्थानीय तहको निर्वाचन आज हुँदै, स्थिति फेरि पनि तनावग्रस्त 
    images
    images

    काठमाडौँ । वैशाख ३० गते भएको निर्वाचनमा धाँधली भएपछि स्थगित भएको बाजुरामा बिहीबार जारी पुनः मतदानमा समेत तनावग्रस्त अवस्था उत्पन्न भएको छ । 

    images
    images
    images

    नेकपा एमाले र सत्ता गठबन्धनका कार्यकर्ताबीच तनावको स्थिति सिर्जना भएपछि प्रहरीले हवाई फायर गरेको छ ।

    images
    images
    images

    बुढीगंगा नगरपालिका–९ को त्रिशक्ति मावि मतदान केन्द्रमा तनाव सिर्जना भएपछि करिब १५ मिनेट मतदान स्थगित भएको र स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेको प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले जानकारी दिए । 

    images
    images
    images

    ‘केहीबेर विवाद भयो । त्यसलाई नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गर्नुपरेको हो,’ अधिकारीले भने, ‘करिब १५ मिनेट मतदान स्थगित भयो । अब पुनः मतदानको अवस्था बनेको छ ।’ 

    यो नेकपा एमालेका नेता कर्णबहादुर थापाको मतदान केन्द्र हो । ३० वैशाखमा स्थगित भएको चुनाव बिहीबार विहान ७ बजेदेखि पुनः मतदान भइरहेको छ । यहाँ मेयर पदमा नेपाली कांग्रेसका रंग खाती र एमालेका रामबहादुर बानियाँ उम्मेदवार छन् ।

    यसअघि गत वैशाख ३० को मतदानका क्रममा सुरक्षा व्यवस्था फितलो भएकाले निष्पक्ष र स्वतन्त्र मतदान हुन नसकेपछि निर्वाचन आयोगले पुनः मतदानको निर्णय गरेको थियो । 

    यसअघिको मतदानका क्रममा १० मध्ये ६ वटा मतदानस्थलमा एमाले र कांग्रेस कार्यकर्ताहरूले बुथ कब्जा गरेपछि मतदान रोकिएको थियो । बेलामा चुनाव हुन नपाउँदा बुढीगंगाले जनप्रतिनिधि चयन र बजेट ल्याउन पछि परिसकेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।