बाजुरा । बाजुराको पुर्वी उत्तरी भेगमा रहेको हिमाली गाउँपालिकामा ६ जना कार्यपालिका सदस्य चयन भएका छन् ।
गाउँपालिकामा भएको निर्वाचनबाट नेपाली काङ्ग्रेस पाटीबाट बिमला लवार, हिउकला भण्डारी, झपा बुढथापा, रंगा थापा, बाचकला लवार, कर्ण सार्की सहित कार्यपालिका सदस्य चयन भएका हुन् । कार्यपालिका सदस्यमा नेपाली काङ्ग्रेसबाट निर्वाचित भएको मध्य ४ जना निर्विरोध २ जना छनोट गरिएको हिमाली गाउँकार्यपालिका कार्यालय
धुलाचौरले जानकारी दिएको छ ।
गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, वडाअध्यक्ष लगायतका सदस्यहरुले मतदानबाट कार्यपालिका सदस्य चयन गरिने प्रक्रिया छ । बैशाख ३० गते भएको निर्वाचिनमा दुई पक्षीय प्रतिस्पर्धा भएको थियो । हिमालीमा गाउँपालिकामा नेपाली कांग्रेसको तर्फबाट २२ जना र नेकपा एमाले तर्फबाट १४ जना नव निर्वाचित जनप्रतिनिधि भएका छन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology