Logo

२०८३, आश्विन ११गते


images
images

कृषि कर्मबाटै महिनाको लाखबढी आम्दानी

कृषि कर्मबाटै महिनाको लाखबढी आम्दानी

images
  • कृषि कर्मबाटै महिनाको लाखबढी आम्दानी
    images
    images

    गुल्मी । गुल्मीका एक कृषक परिवारले लगातारको कर्मबाट मानिसले आफ्नो लक्ष्य भेटाउन सकिने कुरा कृषि व्यवसायबाट प्रमाणित गरेका छन् । 

    images
    images
    images

    जिल्लाको रुरुक्षेत्र गाउँपालिका वडा नम्बर ४ का ज्ञवाली परिवारले कृषिमा लगातारको कर्मले सफलता हासिल गरेका हुन् ।
    ३० वर्षका कमल ज्ञवालीले १३ वर्ष अगाडि हजारौंको संख्यामा कुखुरा पालन सुरु गरे । कुखुरालाई खुवाउने पानीको टंकीमा बिष हालिएका कारणले १२ लाख रुपैयाँका कुखुरा एकैरातमा मरेर सकिए ।     

    images
    images
    images

     

    images
    images
    images

    कुखुरा पानलबाट १२ लाख रुपैयाँको क्षति बेहोरेका ज्ञवालीले परिवारका सबै सदस्यको सहयोगमा गोलभेंडा खेती सुरु गरे । गोलभेंडा खेतीको पहिलो वर्ष ७ लाख क्षति बेहोर्नु प¥यो उत्पादित गोलभेंडा नपाक्दै सडेर सकिए । 

     


    दुई व्यवसायको सुरुवाती चरणमा १९ लाख आर्थिक क्षति बेहोरेका ज्ञवाली आफ्नो कर्मबाट कहिल्यै बिचलित भएनन् । 
    २३ वर्षका भाइ कपिल ज्ञवाली र दाजु कमलले दाजुभाई कृषि फर्म दर्ता गरेर अझै व्यवस्थित बनाए ।

     

    ज्ञवालीको परिवारका ६ जना खटेर गोलभेंडा खेतीलाई अहिले ५२ रोपनी जग्गामा विस्तार गरे । उनले वार्षिक रुपमा अहिले ८ देखि ९ सय क्विन्टर गोलभेंडा बिक्री गर्दै आएका छन् । उनले फर्मबाट हाल प्रतिकिलो७० देखि ७५ रुपैयाँमा गोलभेंडा बिक्री गरेका छन् । मूल्य घटबढ भएपनि गोलभेंडाको लागि बजारीकरणको कुनै समस्या नभएको दाजु कमलले बताए ।

     

    व्यवसायको सुरुवाती चरणमा भएको क्षति पूरा गरेर अहिले पनि मासिक रुपमा लाखौंको कारोबार भएको कमलले बताए । “हप्तामा ३ देखि ४ पटक गोलभेंडा गाडीमा बुटवल पठाउँछौं, एक पटकमा एक लाख बराबरको गोलभेंडा जाने गर्दछ” कमलले भने, “लगातारको कर्मले अहिले परिवारको खर्च कटाएर पनि एक÷दुई लाख आम्दानी हुन्छ ।” उनको कर्मबाट व्यवसायीक रुपमा कृषि गर्नेहरु प्रेरित हुन थालेका छन् ।

     

    उनको कृषि फर्मममा अनुगमन गर्न पुगेका जिल्ला समन्वय समिति प्रमुख द्रोणबहादुर खत्रीले ज्ञवाली परिवारको खुलेर प्रशंसा गरे । कमल र कपिलसँगै सिंगो घरपरिवारको मेहनत देखेर आफू प्रफुल्लित भएको भन्दै समन्वय प्रमुख खत्रीले अझै थुप्रै कृषक ज्ञवालीको परिवार जस्तै व्यवसायीक रुपमा लाग्नुपर्ने बताए ।

     


    उनले संरक्षित संरचनामा प्रांगारिक तरकारी उत्पादन कार्यक्रमका लागि चालु आर्थिक वर्षमा कृषि ज्ञान केन्द्रमार्फत ५० प्रतिशत अनुदान हुने गरेर ४ लाख लाख रुपैयाँ अनुदान पाएका थिए । जिल्लाबाट अनुगमन गर्न पुगेको समूहले छत्रकोट गाउँपालिका वडा नम्बर ४ रुप्सेमा रहेका सम्झना फलफूल तथा कफी नर्सरी फर्म र द हिमालयज एग्रो फर्म नेपालको अनुगमन पनि गरेको थियो ।

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # गुल्मी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।