कृष्ण अन्जान, गुल्मी । रुरुक्षेत्र गाउँपालिकाकाे वडा नं. १ रातामाटा पुग्दा याे क्षेत्रकै अग्रणी किसान राजेन्द्र राणा खेतका गरा तिर हेर्दै निराश देखिए । करिब तीन राेपनी जग्गामा लगाईएकाे मकै साेत्र्यान भएर ढलेका छन ।
धान चँवर फालेर घाेँगा हाल्ने बेलाका मकै केहिदिन अघि आएकाे पानीसहितकाे हावाले लपक्कै पारेर ढालेकाे हाे । 'दु:ख गरेर लगाएका मकै नाेक्सान हुँदा मन पाेलेकाे छ याे वर्ष मकैकाे उत्पादन नहुने भयाे' उनले भने ।
"रुरुक्षेत्र १ भट्कुवा नेटेका लक्ष्मण खनालकाे बारीका मकै साेत्र्यान छन । एउटाे ठाडाे छैन । सबै मकै ढलेर हरिबिजाेग भयाे । मेराे त करिब दस राेपनीमा लगाएकाे मकै ढलेका छन । याे वर्ष एक डाेकाे मकै स्याहार्न नपर्ने भाे" खनालले भने ।
हुनपनि लक्ष्मण खनालकाे बारीमा पुग्दा मकैका बाेट लिपेझैँ गरेर सुतेका छन । भर्खर धानचँवर सँगै सुत्ला फालेकाे मकै ढलेपछि मकै फेरी उठने र फल्ने सँभावना हुँदैन ।
रुरुक्षेत्र गाउँपालिकामा मकैखेतीलाई प्रमुख वालिकाे रुपमा लिईन्छ । परम्परागत शैलिमा जेष्ठ बैशाख तिर छरिने मकै साउनकाे अन्तिमबाट भदौकाे आधाआधि सम्म स्याहार्ने समय हाे ।
एकाेहाेरा र दाेहाेरा मकै खनेपछि असारकाे दाेस्राेहप्ता तिर धानचँवर फाल्ने र मकैले सुत्ला निकाल्न थाल्छ । मकै साउनकाे दास्राे हप्तादेखि पाेलेर खाने र भदौकाे दाेस्राे हप्ता सम्म भाँचेर स्याहार्ने गरिन्छ ।
मुख्यतया पाेलेर, उसिनेर, भुटेर, सातु बनाएर, आटाे बनाएर, राेटी पकाएर मकै एक परिकार अनेक बनाएर खान सकिने मकै वस्तु भाउका लागि उपयुक्त कुँडाे बन्ने गर्छ । बारीमा लगाएकाे मकैका आधारमा वस्तुभाउ पाल्ने र नपाल्ने मापन किसानहरुले गर्छन ।
गाई भैँसी बाख्रा कुखुराका लागि कुँडाे दानाकाे रुपमा मकैकाे अत्यधिक प्रयाेग हुने मकै एकसय पचास देखि दुईसय रुपैयाँ पाथि सम्म बिक्री हुन्छ ।
पछिल्लो चरणमा गाउँमा उत्पादन भएकाे मकैबाट काँत्रा बनाउने र त्यसकाे पिठाे सँगै मकैकाे आटाे शहरतिर पाहुरकाे रुपमा पठाईने गरिएकाे छ ।
यतिबेला गाउँबाट ठुलाे सँख्यामा मान्छेहरु शहर पलाएन भईरहँदा गाउँका बचेखुचेका किसान हरुले लगाएका मकै बाँदर ढेँडुवाले दिउसोमा र दुम्सीले रातिमा खाएर हैरान पारिरहँदा याे वर्ष राजेन्द्र र लक्ष्मण लगाएतका रुरुक्षेत्रका १ का दर्जनौं किसानका बारीका मकै पानीसहितकाे हावाहुरीले ढालेर नाेक्सान गरेकाे छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology