Logo

२०८३, आश्विन १०गते


images
images

दिनहुँ हुन थाल्यो प्रचण्ड-भट्टराई भेट : पार्टीको नामै फेरेर भएपनि एकता गर्ने विषयमा छलफल

दिनहुँ हुन थाल्यो प्रचण्ड-भट्टराई भेट : पार्टीको नामै फेरेर भएपनि एकता गर्ने विषयमा छलफल

images
  • दिनहुँ हुन थाल्यो प्रचण्ड-भट्टराई भेट : पार्टीको नामै फेरेर भएपनि एकता गर्ने विषयमा छलफल
    फाइल फोटो
    images
    images

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जनता समाजवादी पार्टी नेपालबाट कारवाहीमा परेका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईबीच छलफलको शृङ्खला बढ्दै गएको छ । बुधबार मात्रै भेटघाट गरेका दुई नेताले आज पनि भेटवार्ता गरेका हुन् । सो क्रममा डा. भट्टराईले प्रचण्डलाई माओवादी केन्द्र पुनर्गठन गर्न प्रस्ताव गरेका छन् ।

    images
    images
    images

    हात्तीवनस्थित प्रचण्डका भान्जाको निवासमा भएको भेटघाटमा बाबुरामले सो प्रस्ताव गरेका हुन् । पूर्व नयाँ शक्तिमा माओवादीबाट गएका नेताहरु बाबुरामलाई माओवादी केन्द्रमै फर्किन दबाब दिइरहेका छन् । नयाँ पार्टी बनाउनुभन्दा माओवादी केन्द्रमै फर्किने र त्यसलाई रुपान्तरण गर्ने दबाब उनीमाथि बढ्न थालेको हो स्रोतले जनाएको छ ।

    images
    images
    images

    बाबुराम भट्टराईका स्वकीय सचिव रोशन पोखरेलका अनुसार प्रचण्ड र बाबुरामबीच बिहीबारको छलफलमा के विषयमा कुरा भयो भन्ने प्रस्ट हुन बाँकी रहे पनि पहिलादेखि नै बाबुरामले यस प्रकारको प्रस्ताव गर्दै आएका छन् । उनले भने, ‘बाबुरामले पार्टीको नाममात्र परिवर्तन होइन, समग्र पार्टीलाई नै रुपान्तर गरेर अगाडि बढौं भनेर प्रचण्डसमक्ष पटकपटक प्रस्ताव गर्नुभएको छ, आज पनि नगरेको होला भन्न सकिँदैन ।’

    images
    images
    images

    माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पहिलादेखि नै बाबुरामलाई माओवादी केन्द्रमा फर्कन आग्रह गर्दै आएको र जवाफमा बाबुरामले पार्टी रुपान्तरणको प्रस्ताव राख्दै आएको पोखरेलको भनाइ छ ।

    माओवादी केन्द्रको नाम परिवर्तन गरे आफू फर्कन सक्ने प्रस्ताव बाबुरामले गरेको प्रचण्ड निकट एक नेताले रातोपाटीलाई बताए । प्रचण्डले यस बारेमा कुनै ठोस प्रतिक्रिया नदिए पनि पार्टीमा छलफल गरेर पुनः बस्ने आश्वासन दिएको बताइएको छ ।

    अध्यक्ष प्रचण्डका साथमा रहेका केही नेताले पार्टीको नाम जेसुकै भए पनि त्यसमा कम्युनिस्ट शब्द झुण्डिएकै हुनुपर्ने भन्दै आइरहेका छन् । वर्षमान पुन, जनार्दन शर्मा, हरिबोल गजुरेल, मातृका यादव, चक्रपाणी खनाललगायतका नेताहरु पार्टीमा कम्युनिस्ट जोडिएकै हुनुपर्ने पक्षमा छन् । बाबुरामलाई ल्याउनका लागि प्रचण्ड पार्टीको नाम फेर्न सकारात्मक भए पनि उनकै साथमा रहेका नेताहरु नमान्ने पक्षमा रहेको बुझिएको छ ।

    यसअघि अध्यक्ष प्रचण्ड र बाबुरामबीच उपराष्ट्रपति नन्दबहादुर पुनको निवासमा पटकपटक भेट भई यस विषयमा छलफल गरिसकेका छन् । पार्टी एकता वा पार्टीमै आउन नसकेपछि समाजवादी केन्द्र खोलेर सहकार्य गर्न सकिने प्रस्ताव बाबुराम भट्टराईले राख्दै आएका छन् । प्रचण्डले भने सबै कम्युनिस्ट एक ठाउँमा रहनु पर्छ भन्दै जसपाबाट कारवाही नहुँदै बाबुरामलाई माओवादी केन्द्रमै आउन आग्रह गरिसकेका थिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।