काठमाडौं । लागूऔषध नियन्त्रण ब्युरोले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ७ किलो चरेससहित तीन जनालाई पक्राउ गरेको छ ।
ब्युरोका अनुसार थाइल्यान्डबाट बंगलादेश हुँदै नेपाल आएको बंगलादेश एयरलाइन्सको उडान नम्बर बीजी–३७१ बाट आएका यात्रुमाथि निगरानी गर्ने क्रममा उनीहरू पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा भारतको उत्तर प्रदेश गोरखपुरका २८ वर्षीय सचिन दुबे, गुल्मी चन्द्रकोट गाउँपालिकाका २७ वर्षीय राम सार्की र बागलुङ बरेङ गाउँपालिकाका २८ वर्षीय सन्देश सुनार रहेका छन् ।
उनीहरूको साथमा रहेको सुटकेस जाँच गर्ने क्रममा एयर ड्रायर र कुकीजको बट्टाभित्र लुकाएर राखिएको अवस्थामा ७ किलो चरेस बरामद गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीले उनीहरूको साथबाट तीन थान राहदानी र तीन थान मोबाइलसमेत बरामद गरेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको लागूऔषध नियन्त्रण ब्युरोले जनाएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology