Logo

२०८३, श्रावण ३०गते


images
images

माओवादीमा पम्फा भुसालसहित ५ जना उपाध्यक्ष, महासचिवमा देव गुरुङ पक्का !

माओवादीमा पम्फा भुसालसहित ५ जना उपाध्यक्ष, महासचिवमा देव गुरुङ पक्का !

images
  • माओवादीमा पम्फा भुसालसहित ५ जना उपाध्यक्ष, महासचिवमा देव गुरुङ पक्का !
    images
    images

    काठमाडौं । नेकपा माओवादी केन्द्रले पाँच जना नेताहरुलाई उपाध्यक्षको जिम्मेवारी दिने भएको छ ।

    images
    images
    images

    अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेताहरु दिनानाथ शर्मा, कृष्णबहादुर महरा, गणेश साह, पम्फा भुसाल र हरिबोल गजुरेललाई उपाध्यक्ष बनाउने तयारी गरेका माओवादी केन्द्रका एक नेताले जानकारी दिए ।

    images
    images
    images

    प्रचण्डले वरिष्ठ उपाध्यक्षको जिम्मेवारी भने नेता नारायणकाजी श्रेष्ठलाई दिइसकेका छन् ।नेकपा माओवादी केन्द्रको बुधबार सुरु भएको स्थायी समिति बैठकमा पदाधिकारी टुंगो लगाउने विषयमा छलफल भएको थियो । 

    images
    images
    images

    बिहीबार बस्ने बैठकले पदाधिकारी टुंगो लगाउने भनिए पनि साँझसम्म बैठक बस्न सकेको छैन । नेताहरुका अनुसार बिहीबार नै बस्ने बैठकमा प्रचण्डले पदाधिकारीको प्रस्ताव गर्ने छन् । माओवादी स्रोतका अनुसार देव गुरुङ महासचिव हुने पक्का जस्तै छ । महासचिवका दावेदारद्वय वर्षमान पुन र जनार्दन शर्मासँगै गिरिराजमणि पोखरेल उमहासचिव बन्ने भएका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नेकपा माओवादी केन्द्र
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।