Logo

२०८३, श्रावण ३०गते


images
images

नवौं राष्ट्रिय खेलकुदका लागि वजेट अभाव हुँदैन : अर्थमन्त्री बराल

नवौं राष्ट्रिय खेलकुदका लागि वजेट अभाव हुँदैन : अर्थमन्त्री बराल

गण्डकीमा पहिलो चरणको प्रशिक्षण तथा छनोट सुरु
images
  • नवौं राष्ट्रिय खेलकुदका लागि वजेट अभाव हुँदैन : अर्थमन्त्री बराल
    images
    images

    राजेश पराजुली, पोखरा । गण्डकी प्रदेशमा तय भएको नवौँ राष्ट्रिय खेलकुदलाई लक्ष्य गरी प्रदेश खेलकुद परिषद् गण्डकीले पहिलो चरणको खेलाडी प्रशिक्षण र छनोट सुरु गरेको छ ।

    images
    images
    images

    असोज २८ देखि कात्तिक ३ गते सम्म सञ्चालन हुने राष्ट्रिय खेलकुदका लागि पहिलो चरणमा विभिन्न १४ र महिलातर्फका पाँच खेलका लागि कास्की सहित नवलपुर, स्याङ्जा, गोरखा र बाग्लुङमा प्रशिक्षण सुरु गरिएको हो । विशेष प्रशिक्षणबाट प्राविधिक टोलीले आवश्यक खेलाडीहरु छनोट गर्ने परिषद्ले जनाएको छ । राष्ट्रिय खेलकुदमा ३६ र दुई प्रदर्शनी खेल गरी ३८ खेलमा पदकका लागि खेलाडीले प्रधिस्पर्धा गर्नेछन् ।

    images
    images
    images

    आगामी तीन साताका लागि तय गरिएको विशेष प्रशिक्षणमा सफ्ट टेनिस, टेनिस, स्क्वास, खो खो, महिला हक्की, फेन्सिङ, स्विमिङ, ट्राइयाथलन, साइक्लिङ, महिला ह्याण्डबल, महिला बास्केटबल, महिला फुटबल, महिला क्रिकेट, प्याराग्लाइडिङ, गल्फ, कुस्ती, सुटिङ र आर्चरी खेलहरु रहेका छन् ।

    images
    images
    images

    पोखरा रङ्गशालामा आयोजित पहिलो चरणको खेलाडी छनोटको शुभारम्भ गर्दै गण्डकी प्रदेशका अर्थमन्त्री रामजी प्रसाद बराल ‘जिवन’ले बजेट अभावमा खेलाडीको प्रशिक्षण र आधारभुत सुविधाबाट बञ्चित हुन नदिइने प्रतिवद्धता जनाएका छन् । उनले भने–“राष्ट्रको गौरवसँग जोडिएको राष्ट्रिय खेलकुदलाई भव्यताका साथ सफल पार्न आयोजक प्रदेशका हिसाबले गण्डकी प्रदेश सरकारका प्रतिवद्ध छ । खेलाडीलाई बजेट अभावमा आधारभूत सुविधाबाट बञ्चित गरिने छैन, प्रतियोगितालाई बजेटको कमी हुन दिइनेछैन ।” उनले पैसाका कारणले व्यवस्थापकिय तथा खेलाडीलाई आधारभुत कुराहरुमा कुनै कमि हुन नदिइने उनको भनाई थियो ।

    अर्थ मन्त्री बरालले प्रदेशमा रहेका खेलकुद पुर्वाधारहरु अझै पनि संघिय सरकार अन्तर्गत रहेकोले केही कठिनाईहरु उत्पन्न भएकोले पूर्वाधारहरु प्रदेश अन्तर्गत गर्न पहल गर्नुपर्नेमा जोड दिए । उनले भने–“सवै ठाउँमा संघियाता आए पनि खेलकुदमा अझै संघियता आएको छैन । हामीले व्यवस्थित गर्न खोज्दा खोज्दै पनि कानुनी झञ्झटले समस्या आएको छ ।” उनले अधिकारको लागि अझै केही लडाँई लड्नु पर्ने उनको भनाई थियो । खेलकुद सवैको पहुँचमा पु¥याउन आवश्यक रहेको बताउँदै मन्त्री बरालले भोलीका दिनमा उत्कृष्ट नतिजा ल्याउने गरी प्रशिक्षणमा ध्यान दिन उनले आग्रह गरे । नवौं राष्ट्रियमा व्यवस्थापकिय पक्षलाई समेत उत्तिकै महत्वपूर्ण रहने भएकोले सबैलाई निष्ठा पूर्वक र नयाँ सन्देश दिने गरी अघि बढ्ने उनले बताए ।

    उद्घाटन कार्यक्रममा प्रदेशका ११ वटै जिल्लाका खेलकुद विकास समितिका अध्यक्ष र कार्यालय प्रमुखहरुको छलफल पछि पहिलो चरणको खेलाडी छनोट र प्रशिक्षण सुरु गरेको प्रदेश खेलकुद परिषद्का सदस्य सचिव तेजबहादुर गुरुङले जानकारी दिंदै नवौं राष्ट्रिय खेलकुदका लागि गण्डकीमा दुई चरणमा खेलाडी छनोट गरिने बताए । पहिलो चरणमा १४ वटा खेलहरुलाई विशेष प्रशिक्षणपछि प्राविधिक टोलीले सोझै खेलाडी छनोट गर्नेछ भने दोस्रो चरणमा २२ वटा खेलहरुको जिल्ला छनोट प्रतियोगिता हुने परिषदले जनाएको छ । जिल्ला छनोटपछि प्रादेशिक छनोट प्रतियोगिताबाट राष्ट्रियका लागि गण्डकीको टोली तयार हुनेछ ।

    सदस्य सचिव गुरुङले २२ खेलका लागि जिल्ला छनोट प्रतियोगिता भदौ ९ देखि १२ गते सम्म सञ्चालन गर्ने कार्यतालिका रहेको र विशेष प्रशिक्षण र जिल्ला छनोट पश्चात पोखरामा भदौ १५ देखि १८ गते सम्म अन्तिम छनोट तालिका तय गरिएको बताए । परिषद्ले अन्तिम छनोट भएका खेलाडीहरुलाई आगामी भदौ २६ देखि असोज २६ गते सम्म आवासीय सुविधा सहित पोखरामा बन्द प्रशिक्षणमा राखिने जनाएको छ ।

    सो अवसरमा प्रदेश नीति तथा योजना आयोगका सदस्य डा सुवास अधिकारीले खेलकुद स्वास्थ्यका लागि मात्र नभएर देशको पहिचान र समृद्धिका लागि समेत आवश्यक रहेको बताउँदै राष्ट्रिय प्रतियोगिता सबै मिलेर सफल पार्नुपर्नेमा जोड दिए । कार्यक्रममा यूवा तथा खेलकुद मन्त्रालयका सचिव बद्रिनाथ अधिकारीले नवौं सफल बनाउने जिम्मा प्रदेशकै रहेको बताउँदै मन्त्रालय सदैव खेलमैत्री रहेको उल्लेख गरे ।

    कार्यक्रममा परिषदका उपाध्यक्ष धोज कुमार गुरुङले धन्यवाद मन्तव्य राख्दै सबै मिलेर नवौं सफल बनाउन आग्रह गरे । कार्यक्रममा परिषदकी कार्यकारी सदस्य तारा मायाँ थापा मगर र सदस्य खगेन्द्र क्षेत्रीले समेत आफ्ना भनाई राखेका थिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।