सुनवल । पश्चिम नवलपरासी सुनवल नगरपालिका ७ तर्गौलिमा मंगलबार (भोलि) निशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ । तर्गौलिमा रहेको जनजागृत आधारभुत विद्यालयमा शिविर सञ्चालन हुनेछ ।
सुनवल नगरपालिका वडा ७ को आयोजना तथा देवदह मेडिकल कलेज भलुहीको सहकार्यमा शिविर सञ्चालन हुन लागेको वडा कार्यालयले जनाएको छ ।
स्वास्थ्य शिविरमा दक्ष डाक्टरहरूबाट स्वास्थ्य परिक्षण गरिनुका साथै सामान्य औषधि समेत नि:शुल्क रुपमा प्रदान गरिने वडा अध्यक्ष नारायण आचार्यले बताए ।
शिविरमा महिला तथा स्त्री रोग सम्बन्धी र नाक, कान घाँटी रोग सम्बन्धी विशेषज्ञ डाक्टरहरूको टोलीले सेवा दिने कार्यक्रम तय भएको वडा अध्यक्ष आचार्यले जानकारी दिए । उनका अनुसार वडाले नागरिकको स्वास्थ्य अवस्थालाई मध्यनजर गरि शिविर आयोजना गरेको हो ।
बिहान ८ बजेदेखि दिउसो ३ बजे सम्म शिविर सञ्चालन हुने उक्त निशुल्क स्वास्थ्य शिविरमा सहभागि भई स्वास्थ्य लाभ लिन वडा कार्यालयले आह्वान गरेको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology