Logo

२०८३, श्रावण ३१गते


images
images

गुल्मीको जुनियामा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न

गुल्मीको जुनियामा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न

images
  • सेतोमसी सहकर्मी
  • गुल्मीको जुनियामा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न
    images
    images

    अर्जुन खत्री,सत्यवती गुल्मी । गुल्मीको सत्यवती गाउँपालिका वडा न.७ जुनियामा निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ। गुल्मी जुनिया चिदिपानी तराइ सम्पर्क समाज रुपन्देहीको आयोजना तथा खत्री नर्सिङ होम बुटवल र  क्रिमसन अस्पतालको प्राविधिक सहयोगमा भएको  शिबिरमा ५ सय बढीले स्वास्थ्य सेवा लिएको समाजका अध्यक्ष कृष्ण बहादुर थापाले जानकारी दिए ।

    images
    images
    images

    शिविरमा  भिडियोएक्सरे ,इसिजी सेवा,नशा तथा मनोरोग, हाडजोर्नी,जनरल,रगत जाच सामान्य चेकजाँच र औंषधी वितरणको सेवा प्रदान गरिएको थियो। फेमलीफिजिसियन डाक्टर ढकबहादुर खत्री,नशा तथा मनोरोग विशेषज्ञ डाक्टर सन्दिप शर्मा,हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टर शेखर प्रसाद पोख्रेल,जनरल फिजिसियन डाक्टर कृष्ण चन्द गोदार ,मेडिकल अधिकृत डाक्टर यादव अर्याल र मेडिकल अधिकृत डाक्टर विपिन ढकालले स्वास्थ्य सेवा दिएका थिए ।
    शिविरको शुभारम्भ गर्दै सत्यवती गाउँपालिका अध्यक्ष टिकाराम पाण्डेले ग्रामीण भेगका नागरिकलाई घरदैलोमै स्वास्थ्य सेवा दिने उद्देश्यले गरिएको कार्यक्रम सराहनीय भएको बताए ।

    images
    images
    images

    समाज परिवर्तनका निम्ति स्थानिय सरकारको प्रयासले मात्र सम्भव नहुने बताउदै निजि तथा सार्वजनिक संघ सस्थाबाट पनि सहयोग सहकार्य  अपरिहार्य रहेको बताए। खत्री नर्सिङ होमका  डाइरेक्टर डाक्टर डिबि खत्री ,क्रिमसन अस्पतालका डाइरेक्टर डाक्टर शेखर प्रसाद पोख्रेलले आफुहरुले समयसमयमा सजिलै स्वास्थ्य सुबिधा उपलब्ध नभएका ग्रामीण भेगमा स्वास्थ्य शिविर आयोजना गरिरहेक  बताउदै आफुहरु  शिविरहरु मार्फत निरन्तर रुपमा सहयोग गर्न तत्पर रहेको बताए ।

    images
    images
    images

     कार्यक्रममा सत्यवती गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत कमलप्रसाद भुसाल,सत्यवती ७ का वडा अध्यक्ष लोकबहादुर बुढाथोकी,वडा ५ का वडा अध्यक्ष बाबुराम ज्ञवाली,मानव अधिकार तथा शान्ती समाज रुपन्देही  एंव चिदिपानी तिलोत्तमा समाजका अध्यक्ष कृष्ण भट्टराई,जुनिया माविका प्रधानाध्यापक केशब भट्टराई,समाज कोषाध्यक्ष ओमप्रकाश भण्डारी लगायतले  आफ्नो भनाइ राखेका थिए।कार्यक्रम समाज  उपाध्यक्ष सुरेश थापाको स्वागत तथा  सचिव खिम खत्रीको सञ्चालनमा सम्पन्न भएको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।