कृष्ण अन्जान, रिडीबजार । रुरुक्षेत्र गाउँपालिकाकाे रुरुधाममा तिनदिने स्वास्थ शिविर शुरु भएकाे छ । मेला महाेत्सव लाग्ने ठाउँकाे रुपमा परिचित रुरुक्षेत्रमा महाेत्सवकाे निरन्तरतामा शिविरकाे रुपमा बृहत स्वास्थ मेला शुरुभएकाे हाे ।
विश्व मुटु दिवस २०२२को अवसर पारेर रुरुक्षेत्र गाउँपालिकाको आयोजना र राष्ट्रिय हृदय रोग निवारण प्रतिस्ठान, नेपाल नेत्र ज्योती संघ ,लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पा, ओेषधि व्यवसायी सँघ लगायत विभिन्न संघ सस्थाहरुकोब सहयोगमा रुरुधाममा स्वास्थ मेला लाग्न लागेकाे हाे ।
यतिबेला गाउँ गाउँबाट आएका सयौँ बिरामी हरुले निशुल्क स्वास्थ जाँच र ओैषधी सेवा लिईरहेका छन र याे क्रम असौज नौ गते सम्म चल्ने स्थानीय स्थानीय व्यवस्थापन समितिका सँयाेजक वडा न १ का वडाध्यक्ष नवराज विकले जानकारी दिए ।
शुक्रवार विहान नेपाल सरकारका पुर्व मुख्य सचिव लिलामणि पौडेलले उद्मघाटन गरे सँगै वरिष्ठ मुटुराेग विशेषज्ञ डाक्टर प्रकाश राज रेग्मीले मुटुका बिरामी जाँच गरेपछि बिरामी जाँचकाे श्रृङखला शुरु भएकाे हाे ।
उदघाटन कार्यक्रममा बाेल्दै नेपाल सरकारका पुर्व मुख्य सचिव लिलामणी पौडेलले समुदायको स्वास्थ्य प्रति जिम्मेवारी बाेध गर्दै स्वास्थ शिविरकाे आयाेजना भएकाे बताए ।
हरेक सामाजिक काम राजनीति हाेईन यसप्रकारका कामहरु सेवामूलक रुपमा परिभाषित हुनु पर्ने पौडेलकाे भनाई थियाे ।
स्वास्थ शिविरकाे उदघाटन सत्रमा आफ्नो भनाई राख्दै वरिष्ठ मुटुराेग विशेषज्ञ डाक्टर प्रकाश राज रेग्मीले मुटुराेग राेकथामका लागि सहकार्य गर्न आफू तयार रहेकाे बताउँदै गरिब र विपन्नकाे मुटुकाे अपरेशन गर्नु परेपनि नेपाल हृदय राेग निवारण प्रतिष्ठान सहयाेगका लागि तयार रहेकाे बताए ।
रुरुक्षेत्र गाउँपालिकाका अध्यक्ष यदु ज्ञवालीकाे अध्यक्षता भएकाे उदघाटन कार्यक्रममा नेपाल नेत्र ज्याेती सँघका केन्द्रीय महासचिव भरत चन्द ,लुम्बिनी मेडिकल कलेज प्रवास पाल्पाका प्रवक्ता कृष्ण पराजुली ,नेपाल हृदयराेग निवारण प्रतिष्ठानका लुम्बिनी प्रदेश अध्यक्ष अखिलेश्वर पाण्डे ,ओेषधि व्यवसायी सँघका बुद्धि ज्ञवाली ,ले आफ्ना धारणा राखेका थिए ।दामोदर ज्ञवालीले सन्चालन गरेकाे कार्यक्रममा स्वागत गाउँपालिका उपाध्यक्ष मिना गौतमले गरेकी थिईन ।
शिविरमा वरिष्ठ मुटुरोग विशेषज्ञ डा प्रकाश राज रेग्मीको आठ जनाके टिम द्वारा इसिजी, इको सहित मुटु रोगका बिरामिहरुको जाँच तथा उपचार ,वरिष्ठ फिजिसियन एवं पेट,आन्द्रा तथा कलेजो रोग विशेषज्ञ डा अरुण ज्ञवालीको टिम द्वारा पेट रोगको जाँच तथा उपचार सेवा प्रदान भईरहेकाे छ ।
मोतियाबिन्दु (Cataract) को नि:शुल्क अप्रेशन सहित आँखाको नेत्र ज्याती सँघकाे टाेलीजाँच तथा उपचार तथा ,स्त्री तथा प्रसुति विशेषज्ञ द्वारा स्त्री तथा प्रसुती सम्बन्धि सम्पुर्ण रोगको जाँच तथा भईरहेकाे छ ।
यसैगरी वरिष्ठ फिजिसियन द्वारा जनरल मिडिसिन सम्बन्धिका बिरामिहरुको जाँच तथा उपचार ,
नि: शुल्क भिडियो एक्सरे सेवा नि: शुल्क ल्याब सेवा नि:शुल्क औषधी वितरण भईरहेको छ भने प्रवास मेडिकल कलेजका १८ जनाकाे चिकित्सक सहितकाे टिमले सेवा प्रदान गरेकाे छ ।
मेलाकै रुपमा आयाेजना भएकाे स्वास्थ शिविरलाई व्यवस्थित पार्न यतिबेला विभिन्न उपसमितिहरु कृयाशिल रहेका छन ।
स्वास्थ शिविर व्यवस्थित हाेस ,सबैले सहज स्वास्थ सेवा प्राप्त गरून् भन्ने उद्देश्यले रुरुक्षेत्र गाउँपालिका वडा न १ ले गाउँपालिका सँग समन्वय गर्दै सम्पुर्ण तयारी पूरा गरि शिविर विधिवत सन्चालन भएकाे रुरुक्षेत्र गाउँ पालिका १ का वडा अध्यक्ष नवराज विकले जानकारी दिए ।
रुरुधाममा आयाेजना भएकाे विशेषज्ञ सहितकाे बृहद स्वास्थ शिविरमा गुल्मी ,पाल्पा ,स्याङ्जा र अर्घाखाँचिका जनसमुदाय सेवा लिन आएका छन भने करिब तीन हजारकाे सँख्यामा जनसमुदायले उपचार सेवा लिने अनुमान गरिएकाे छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology