देवदह । लुम्बिनी बौद्ध विश्वविद्यालयद्वारा आयोजित स्वास्थ्य शिविरमा २२० जनाले नि:शुल्क स्वास्थ्य सेवा लिएका छन्। शुक्रबार देवदह-८ टटेरामा विश्वविद्यालयको डिन कार्यालय देवदहद्वारा संचालित एकदिने निशुल्क स्वास्थ्य शिविरमा २२० जना स्थानीयले स्वास्थ्य सेवा लिएका हुन्।
विश्वविद्यालयले सामाजिक उत्तरदायित्वबोध गर्दै स्थानियबासीको निशुल्क स्वास्थ्य जाँच गर्न शिबिर आयोजना गरेको जानकारी दिंदै विश्वविद्यालयका डिन उकेशराज भुजुले छाला, स्त्री तथा यौनरोग एवं नाक, कान र घाँटीजस्ता रोगको निशुल्क जाँच र औषधी उपलब्ध गराईएको बताए।
बिहान ९ बजेदेखि दिउसो २ बजेसम्म संचालित उक्त शिविरमा देवदह मेडिकल कलेजले प्राविधिक सहयोग गरेको थियो भने शिविरको व्यवस्थापनमा देवदह विपश्यना केन्द्र र पृथ्वी उमा ज्ञान केन्द्रले सहजीकरण गरेका थिए।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology