Logo

२०८३, श्रावण ३०गते


images
images

१०० मिटर दौडमा कास्कीका सुदिप र अनिशाले जिते स्वर्ण पदक

१०० मिटर दौडमा कास्कीका सुदिप र अनिशाले जिते स्वर्ण पदक

images
  • १०० मिटर दौडमा कास्कीका सुदिप र अनिशाले जिते स्वर्ण पदक
    images
    images

    पोखरा । प्रदेशस्तरिय खेलकुद प्रतियोगिता–२०७९ अन्तर्गत बिहीवार सम्पन्न १०० मिटर दौड कास्कीका खेलाडी सुदिप जोशी र अनिशा भण्डारीले स्वर्ण पदक जितेका छन् । पोखरा रंगशालामा बिहबारबाट सुरु भएको प्रतियोगितामा पुरुषतर्फको खेलमा  सुदिप जोशीको ११ः९६  सेकेण्डमा दुरी पार गर्दै स्वर्ण पदक जितेका हुन् । 

    images
    images
    images

    पुरुषतर्फ नै कास्कीका सन्तोष लामा दोस्रो हुँदै रजत जितेका छन् । उनले १०० मिटर दुरी पुरा गर्न १२ः०६ सेकेण्ड लगाए भने नवलपुरका ताराप्रसाद थनेत १२ः३८ सेकेण्डमा दुरी पार गर्दै तेस्रो भएका छन् ।

    images
    images
    images

    यसै गरी महिलातर्फ कास्कीकी अनिशा भण्डारीले १४ः०३ सेकेण्डमा १०० मिटर दौडमा स्वर्ण पदक जित्न १४ः०३ सेकेण्ड लगाइन् । 

    images
    images
    images

    त्यस्तै स्याङजाकी स्वीकृती श्रेष्ठले १५ः०७ सेकेण्डमा दुरी पार गर्दै रजत र लमजुङकी लक्ष्मी परियारले १५ः५१ सेकेण्डमा दुरी पार गर्दै रजत पदक प्राप्त गरेकी छन् ।

    बिहिबार नै सम्पन्न १५०० मिटर दौड पुरुषतर्फको स्वर्ण पदक गोरखाका दिपक बोगोटीले जितेका छन् ।

     उनले उक्त दौड पुरा गर्न ४ मिनेट १६.३७ सेकेण्ड लगाएका थिए । बागलुङका बादल कार्कीले ४ मिनेट १८.०६ सेकेण्डमा दुरी पार गर्दै रजत पदक जित्दा पर्वतका अनिल कुंवरले ४ मिनेट १८.९४ सेकेण्डमा दुरी पार गर्दै काश्य पदक हात पारे ।

    त्यस्तै महिला १५०० मिटर दौडतर्फ स्याङजाकी जानकी खरालले ५ मिनेट ३०.४५ सेकण्डमा पुरा गर्दै स्वर्ण पदक जितेकी छन् भने पर्वतकी संगिता विकले ५ मिनेट ४९.५० सेकेण्डमा पुरा गर्दै रजत र तनहुँकी नम्रता गुरुङले ५ मिनेट ५६.८६ सेकेण्डमा दौड पुरा गरी कास्य पदक हात पर्न सफल भइन् ।
    पदक विजेता खेलाडीहरुलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेश कुमार गुरुङले पदक वितरण गरेका थिए ।

    बिहीवारबाट शुरु भएको प्रतियोगिता पोखरामा तिरन्तर अविरल वर्षाका कारण धेरै समय प्रभावित हुन पुगेको थियो । प्रतियोगितामा गण्डकी प्रदेशका ११ वटै जिल्लाका ३ हजार २ सय २३ खेलाडीहरु पोखरामा छन् । 

    यो समाचार तयार पार्दा सम्म २२ विभिन्न खेलहरु जारी रहेको प्रदेश खेलकुद परिषद गण्डकीले जनाएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।