Logo

२०८३, श्रावण ३०गते


images
images

गण्डकी प्रदेशका सभामुख अधिकारी प्रतिनिधिसभाका लागि उम्मेदवार सिफारिस

गण्डकी प्रदेशका सभामुख अधिकारी प्रतिनिधिसभाका लागि उम्मेदवार सिफारिस

images
  • गण्डकी प्रदेशका सभामुख अधिकारी प्रतिनिधिसभाका लागि उम्मेदवार सिफारिस
    images
    images

    राजेश पराजुली, पोखरा । गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारी पर्वतबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारमा सिफारिस भएका छन् । माओवादी केन्द्रको जिल्ला समन्वय समिति वैठकबाट अधिकारी प्रतिनिधिसभामा सिफारिस भएका हुन् । 
     
    आइतबार सम्पन्न माओवादी केन्द्रको बैठकले अधिकारीसहित प्रतिनिधिसभामा अन्य चार जनाको नाम पनि सिफारिस गरेको छ । अधिकारी यसअघि प्रदेशसभा ‘क’ मा विजयी भएका हुन् । उनी बाम गठबन्धनको साझा उमेदवारका रुपमा कांग्रेसका नवराज गुरुङलाई पराजित गरी प्रदेशसभामा विजयी भएका थिए । 

    images
    images
    images

    अधिकारीसँगै प्रतिनिधिसभामा माओवादी केन्द्रले केन्द्रीय सदस्य गुप्तबहादुर हमाल, गुणाखर बस्याल, जयनारायण तिवारी र गङ्गा तिमिल्सिनालाई पनि सिफारिस गरेको छ । बस्याल संविधानसभा सदस्यसमेत हुन् । हमाल भर्खरै सम्पन्न स्थानीय तहको निर्वाचनमा मोदी गाउँपालिका अध्यक्षमा पराजित हुन् भने उनी दोस्रो संविधानसभाको निर्वाचनमा कास्की जिल्लाबाट उम्मेदवार समेत हुन् । 

    images
    images
    images

    यसैगरी प्रदेशसभा ‘क’ तर्फ सुदीप कुँवर, लोकराज आचार्य, लीला दवाडी, मीनराज केसी र विजय सापकोटाको नाम सिफारिस गरेको छ । प्रदेशसभा ‘ख’ तर्फ सविन गुरुङ, उमाकान्त भूर्तेल, गगन थापा, ऋषिराम भुसाल र प्रेम रानाको नाम सिफारिस गरेको छ

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # गण्डकी प्रदेश
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।