Logo

२०८३, श्रावण ३०गते


images
images

रुपन्देही क्षेत्र नं. २ बाट प्रतिनिधिसभाको उम्मेदवारमा वरिष्ठ पत्रकार पहाडी सिफारिस

रुपन्देही क्षेत्र नं. २ बाट प्रतिनिधिसभाको उम्मेदवारमा वरिष्ठ पत्रकार पहाडी सिफारिस

images
  • रुपन्देही क्षेत्र नं. २ बाट प्रतिनिधिसभाको उम्मेदवारमा वरिष्ठ पत्रकार पहाडी सिफारिस
    images
    images

    बुटवल । नेकपा माओवादी केन्द्रले रुपन्देही क्षेत्र नं. २ बाट प्रतिनिधि सभा निर्वाचनमा वरिष्ठ पत्रकार विनोद पहाडीलाई सिफारिस गरेको छ । निर्वाचन क्षेत्रिय कमिटिको सोमबार बुटवलमा बसेको बैठकले पहाडीलाई उम्मेदवारको रुपमा सिफारिश गर्ने निर्णय गरेको हो ।

    images
    images
    images

    नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य पहाडीलाई क्षेत्रिय कमिटिको बैठकले प्रतिनिधि सभाको लागि एकल सिफारिश गरेको जिल्ला अध्यक्ष नारायण जिसि ‘निर्मल’ ले जानकारी दिए ।

    images
    images
    images

    त्यस्तै पार्टीले प्रदेशसभा तर्फ २ को २ मा वामदेव क्षेत्री, जिल्ला र जिल्ला संयोजक निर्मल जिसिलाई सिफारिश गर्ने निर्णय गरेको छ भने प्रदेशभा २ को १ तर्फ पुष्पराज ढकाल, मनोज राना, हुृमनाथ न्यौपाने र बेलप्रसाद गौतमलाई सिफारिश गरेको नेकपा माओवादी केन्द्रले जनाएको छ । 

    images
    images
    images

    रुपन्देही क्षेत्र नं. २ नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले निर्वाचन जित्दै आएको क्षेत्र हो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नेकपा माओवादी केन्द्र
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।