Logo

२०८३, श्रावण ३०गते


images
images

गण्डकीका २६ नगरपालिकामध्ये १३ मेयर र उपमेयरले बुझाएनन् खर्च विवरण

गण्डकीका २६ नगरपालिकामध्ये १३ मेयर र उपमेयरले बुझाएनन् खर्च विवरण

images
  • गण्डकीका २६ नगरपालिकामध्ये १३ मेयर र उपमेयरले बुझाएनन् खर्च विवरण
    images
    images

    राजेश पराजुली, पोखरा । गण्डकी प्रदेशका २६ नगरपालिकामध्ये १३ नगरपालिकाका मेयर र उपमेयरले निर्वाचन खर्च नबुझाएको भेटिएको छ। निर्वाचन आचारसंहिताअनुसार उनीहरुले निर्वाचित भएको १ महिनाभित्र खर्च विवरण बुझाउनुपर्ने हो। तर १३ जना मेयर र १३ उपमेयरले विवरण बुझाएका छैनन्।

    images
    images
    images

    यस्तै, नगरपालिका तर्फ मेयरका पराजित ९६ उम्मेद्वार र उपमेयरका पराजित ६४ जना उम्मेद्वारले पनि खर्च विवरण बुझाउन बाँकी रहेको निर्वाचन आयोगले जनाएको छ। 

    images
    images
    images

    नवलपुरका सबै नगरपालिकाका मेयर र उपमेयर कारबाहीमा परेका छन्। कारबाहीमा परेका सबैलाई ४ लाख ५० हजार जरिवाना तोकिएको छ। 

    images
    images
    images

    आयोगका अनुसार गोरखा नगरपालिकाका २ जना प्रमुख र २ जना उपप्रमुख तथा पालुङटार नगरपालिकाका ७ प्रमुख र १ उपप्रमुखका उम्मेद्वारलाई कारबाही भएको छ।

    बेशीसहरका निर्वाचित मेयर गुमानसिंह अर्याल र उपमेयर पद्या गुरुङसहित मेयरका ४ उम्मेद्वार र उपमेयरका ३ उम्मेद्वारले जरिवाना तिर्नुपर्ने भएको छ।

    मध्यनेपाल नगरपालिकाका मेयर रमेश पाण्डे र उपमेयर सीता गुरुङसहित ६ प्रमुख र ५ उपप्रमुखका उम्मेद्वार कारबाहीमा परेका छन् भने राइनासका निर्वाचित मेयर खड्कबहादुर गुरुङ र उपमेयर पुष्पराज खनाल सहित ५ प्रमुख र ४ उपप्रमुख कारबाहीमा छन्।

    सुन्दरबजारको ३ मेयर र ४ उपमेयरका उम्मेद्वार कारबाहीमा परे। उनीहरु सबै पराजित भएका हुन्। 

    कुश्माका ३ मेयर र ३ उपमेयर उम्मेद्वारले खर्च विवरण सार्वजनिक गरेका छैनन्। फलेवासका ५ मेयरका उम्मेद्वार र १ उपमेयरका उम्मेद्वार पनि कारबाहीमा परेका छन्।

    गल्याङ नगरपालिकाका २ मेयर र ३ उपमेयर उम्मेद्वार कारबाहीमा छन् भने चापाकोटमा निर्वाचित मेयर देवबहादुर खाँड र उपमेयर इशा राना सहित २ प्रमुख र ३ उपप्रमुखले जरिवाना तिर्नुपर्ने भएको छ।

    पुतलीबजारमा उपमेयर उम्मेद्वार एकजना कारबाहीमा परे। 

    भीरकोटमा निर्वाचित मेयर गोविन्द कर्माचार्य र उपमेयर भगवती रेग्मीले खर्च विवरण दिएका छैनन्। मेयर उम्मेद्वार नरभुपाल दमाई पनि कारबाहीमा परेका छन्।

    वालिङका २ मेयर तथा १ उपमेयर, बेनीमा २ मेयर र ३ उपमेयर उम्मेद्वार, गल्कोटमा ४ मेयर र १ उपमेयर, जैमिनीमा २ प्रमुख र १ उपप्रमुख तथा ढोरपाटनका २ प्रमुख र १ उपप्रमुखलाई कारबाही भएको छ।

    बागलुङ नगरपालिकाका मेयर बसन्तकुमार श्रेष्ठ र उपमेयर राजु खड्का सहित ४ प्रमुखका उम्मेद्वार र ३ उपप्रमुखका उम्मेद्वारलाई जनही ४ लाख ५० हजार जरिवाना तोकिएको छ।

    कावासोतीमा निर्वाचित विष्णु भुषाल र उपमेयर फूलकुमारी थनेत सहित मेयरका ९ उम्मेद्वार र उपप्रमुखका ४ उम्मेद्वारले जरिवाना तिर्नुपर्ने भएको छ। गैंडाकोटका मेयर मदनभक्त अधिकारी र उपमेयर शान्ति कोइराला सहित मेयरका ५ उम्मेद्वार र उपमेयरका ५ उम्मेद्वारलाई कारबाही भएको छ।

    देवचुलीका हरि न्यौपाने र उपप्रमुख पार्वता तिवारी सहित मेयरका ८ उम्मेद्वार र उपमेयरका ६ उम्मेद्वार तथा मध्येविन्दु नगरपालिकाका मेयर भीमलाल अधिकारी र उपमेयर पूर्णकला चौधरीसहित मेयरमा १० र उपमेयरमा उम्मेद्वारी दिएका ६ जना कारबाहीमा परे।

    तनहुँ स्थित भानुका मेयर आनन्दराज त्रिपाठी र उपमेयर उमा गोतामे सहित मेयरमा ५ र उपमेयरमा ५ जनालाई कारबाही भएको छ भने भीमादका मेयर दधिराज सुवेदी र उपमेयर शारदा खनाल सहित मेयरमा ५ र उपमेयरमा ४ जनाको खर्च विवरण बुझाउन बाँकी छ।

    व्यास नगरपालिकामा ५ प्रमुख र १ उपप्रमुख उम्मेदवार र शुक्लागण्डकीमा मेयर कृष्णराज पण्डित र उपमेयर खुमबहादुर विकसहित मेयरमा ५ र उपमेयरमा ४ जनाले खर्च विवरण दिएका छैनन्।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # गण्डकी प्रदेश
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।