Logo

२०८३, आश्विन ९गते


images
images

पोखरामा चाडपर्वलक्षित बजार अनुगमन, मापदण्ड विपरीत संचालित मासु पसल कार्वाहीमा

पोखरामा चाडपर्वलक्षित बजार अनुगमन, मापदण्ड विपरीत संचालित मासु पसल कार्वाहीमा

images
  • पोखरामा चाडपर्वलक्षित बजार अनुगमन, मापदण्ड विपरीत संचालित मासु पसल कार्वाहीमा
    images
    images

    राजेश पराजुली, पोखरा । पोखरामा चाडपर्वलक्षित बजार अनुगमन थालिएको । महानगरपालिका कार्यावाहक प्रमुख एवं महानगरका बजार अनुगमन समितिका सञ्योजक मञ्जुदेवी गुरुङको नेतृत्त्वमा मासु पसलबाट अनुगमन सुरु गरिएको हो। 

    images
    images
    images

    अनुगमनका क्रममा टोलीले दर्ता नभएका, मूल्यसूची नराखिएका, सरसफाई नभएका र मापदण्डको पालना नगरी व्यवसाय सञ्चालन गरेका २५ जना मासु व्यवसायीलाई कारबाहीको दायरामा ल्याएको महानगर पशुसेवा कार्यालय पोखराका प्रमुख नवराज अधिकारीले जानकारी दिए।

    images
    images
    images

    उनले भने, ‘पोखरा क्षेत्रका २५ वटा मासु पसल अनुगमन गर्दा सबैमा खुलारूपमा मासु राखेर बिक्री गर्ने गरेको, मूल्यसूची नटाँसेको र सरसफाईमा लापरबाही गरेको देखिएकाले व्यवसायीलाई जिल्ला प्रशासन कार्यालयमा बोलाएर कारबाही गरिएको छ। २५ जना व्यवसायीमध्ये आज १३ जनालाई पाँच हजारका दरले जरिवानासहित गल्ती नदोहोर्‍याउने सर्तमा छोडिएको छ। बाँकीलाई बुधबारको तारिख दिइएको छ।

    images
    images
    images

    महानगरले थालेको अनुगमनमा कार्यवाहक प्रमुख गुरुङ, कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकाल, खाद्य निरीक्षक अनुषा कार्की, नापतौल तथा गुणस्तर कार्यालयका विपीन पुरी, उपभोक्ता मञ्च गण्डकीका अध्यक्ष कपिलनाथ कोइराला, पोखरा महानगरका सहायक प्रशासकीय अधिकृत जितेन्द्रजंग केसी, भेट अस्पताल कास्कीका मासु निरीक्षक डा.अनन्त कोइराला, महानगरका पशुशाखा प्रमुख नवराज अधिकारी, महानगरका बजार अनुगमन अधिकृत भरतराज पौडेल र पत्रकारहरूको संयुक्त टोली थियो।

    पहिलो दिनमा अनुगमन गरीएका सबै मासु पसल दर्ता नभएका र मापदण्डविपरीत भेटिएको महानगरका बजार अनुगमन अधिकृत भरतराज पौडेलले बताए। उनले भने,‘मासु पसल सञ्चालकलाई मापदण्ड पुर्‍याएर सञ्चालन गर्न निर्देशन दिएका छौँ।जनस्वास्थ्यमा खेलवाड गर्ने गतिविधि दाहोरिए त्यस्ता व्यवसायीलाई थप कारबाही गर्छौँ।
    अनुगमन समिति सञ्योजक गुरुङले दशैं, तिहारमा मासुको अत्यधिक प्रयोग बढ्ने भएकाले मासु व्यवसायीबाट अनुगमन थालिएको बताइन्। उनले भनिन, ‘महानगरले अनुगमन भर्खरै थालेको छ। अब नियमित रूपमा विभिन्न व्यवसायीको अनुगमन गर्दै छौं। भोलिदेखि नियमितरूपमा खाद्यान्न लगायतका अन्य व्यवसायीका पसलहरूमा अनुगमन गर्दछौँ।’ 

    गुरुङले बजार अनुगमनका क्रममा विगतमा भन्दा अहिले व्यवसायीहरू सुध्रिएको र नागरिकहरूमा पनि सचेतना बढेको बताइन्। उनले भनिन, ‘उपभोक्ताले व्यवसायीलाई सामग्रीका उचित मूल्य तिरेपछि गुणस्तरीय समान पाउनुपर्छ। कुनै पनि सामग्री खरिद गर्दा स्वयं उपभोक्ता पनि सचेत र सजग हुनुपर्छ। नागरिकको स्वास्थ्यप्रति महानगर गम्भीर छ।

    कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले जनस्वास्थ्यलाई ध्यानमा राखेर अनुगमन गरेको बताए। उनले बजार अनुगमनका क्रममा व्यवसाय दर्ता नभएका र सरसफाईमा समस्या देखिएको बताए।

    उपभोक्ता मञ्च गण्डकीका अध्यक्ष कपिलनाथ कोइरालाले मासु खुलारूपमा राखिएको, मापदण्डविपरीत पसल सञ्चालन भएको र प्रजनन् अंग पहिचान नभएका पशुको मासु बिक्री भएको देखिएको बताए।

    पोखराको रामबजार, जिरो किमि, बगर, बसपार्क, ट्याक्सी चोक, अमरसिंह चोक क्षेत्रका मासु पसलमा अनुगमन गरेको हो। 

    त्यस्तै अनुगमन समितिले लिंङ्ग पहिचान नभएको पशुको मासु बेचेको शंकामा ७ केजी मासु जफत गरेको छ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # बजार अनुगमन
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।