काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गैरसंवैधानिक रुपमा सपथ लिएको भन्दै पुनः सपथ ग्रहणको माग सहित सर्वोच्च अदालतमा परेको रिटमाथिकाे सुनुवाइ आज हुने भएको छ ।
गत बैशख ३१ गते, ४३ औ प्रधानमन्त्रीको रुपमा केपी शर्मा ओलि राष्ट्रपति बिद्यादेवी भण्डारीबाट शपथ लिँदा ‘प्रतिज्ञा गर्छु’ भन्ने शब्द उच्चारण नगरेपछि राष्ट्रपति भण्डारीले दाहोर्याएकी थिइन् तर प्रधानमन्त्री ओलीले ‘त्यो पर्दैन’ भनेका थिए ।
उक्त सपथ ग्रहण संविधान विपरीत ठहर सहित वरिष्ठ अधिवक्ता चन्द्रकान्त ज्ञवाली, अधिवक्ताहरु लोकेन्द्र ओली र सन्तोष भण्डारीले सोमबार रिट दर्ता गरेका थिए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology