Logo

२०८३, श्रावण ३०गते


images
images

गोरखामा रुखमा झुण्डिएको अवस्थामा एकै परिवारका तीन जनाको शव फेला  

गोरखामा रुखमा झुण्डिएको अवस्थामा एकै परिवारका तीन जनाको शव फेला  

images
  • गोरखामा रुखमा झुण्डिएको अवस्थामा एकै परिवारका तीन जनाको शव फेला  
    प्रतीकात्मक तस्वीर
    images
    images

    राजेश पराजुली, पोखरा (गण्डकी प्रदेश)  ।  गोरखामा रुखमा झुण्डिएको अवस्थामा एकै परिवारका तीन जनाको शव फेला परेको छ । भीमसेन थापा गाउँपालिका वडा नम्बर ६ स्थित मेरियाटोलका ३४ वर्षका हेमबहादुर राना र उनका जुम्ल्याहा छोराको शव झुण्डिएको अवस्थामा आज बिहान फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक केदार खनालले जानकारी दिए ।

    images
    images
    images

    “सात वर्षका दुई बालकको काप्राको रुखमा झुण्डिएको अवस्था फेला परेको छ”, उनले भने, “बुबा हेमबहादुरको शव अर्कै रुखमा भेटिएको छ ।” घटनाको प्रकृति हेर्दा रानाले दुई छोरालाई रुखमा झुण्ड्याएर हत्या गरी आफूले आत्माहत्या गरेको हुनसक्ने अनुमान गरिएको उनको भनाइ छ ।

    images
    images
    images

    घरबाट झण्डै डेढ किलोमिटर पश्चिमदक्षिणमा छोराहरूको शव एउटै डोरीमा झुण्डिएको अवस्थामा फेला परेको उनले बताए । 

    images
    images
    images

    हेमबहादुरको शव भने बालकहरू झुण्डिएको रुखभन्दा केही पर अर्को रुखमा फेला परेको प्रहरीले छ । घटनास्थलमा अहिले प्रहरीको टोली पुगेर अनुसन्धान सुरु गरेको उनले बताए । “घटना कसरी घट्यो भनेर खुल्न बाँकी नै छ”, उनले भने, “शवको मुचुल्का उठाउनका लागि प्रहरीको टोली घटनास्थलमा पुगिसकेको छ, तिनै जनाको शव पोष्टमार्टमका लागि शव गोरखा अस्पतालमा ल्याउने तयारीभइरहेको छ ।”

    बिहान स्थानीयले रुखमा मान्छे झुण्डिएको देखेपछि घटनाका बारेमा जानकारी पाएको वडाध्यक्ष रन्जन रिमालले जानकारी दिए । 

    मृतक राना डेढ महिनाअघि मात्र श्रीमतीसँग सम्बन्ध बिच्छेद गरेर बसेका थिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # गण्डकी प्रदेश
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।