काठमाडौं । अभिनेत्री करिश्मा मानन्धरले पार्टीबाट टिकट नपाएपछि नेकपा एमाले छाड्ने संकेत गरेकी छन् । सामाजिक संजालमा लेख्दै उनले 'बन्द कोठामा बस्नु भन्दा बाहिर निस्केर श्वास फेर्नु राम्रो' हुने प्रतिक्रिया दिएकी हुन् ।
पार्टीबाट टिकटको अपेक्षा गरेकी मानन्धरले टिकट नपाएपछि सामाजिक सञ्जालमा आफ्नो पुरानो फोटो सहित एक स्टाटस पनि लेखेकी छन् ।
उनले फेसबुकमा लेखेकी छन् , ‘विद्रोह नगर्ने स्वभाव रह्यो। नगर्दा पनि भगवानले सबै दिए। तर, आज महसुस हुँदै छ। बन्द कोठामा बस्नु भन्दा बाहिर निस्केर श्वास फेर्नु राम्रो।’
करिश्मा गत चैतमा एमाले प्रवेश गरेकी थिईन ।
उनी बाबुराम भट्टराई नेतृत्वको तत्कालीन नयाँ शक्ति पार्टीबाट राजनीतिमा लागेकी थिईन ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology