Logo

२०८३, श्रावण ३०गते


images
images

लुम्बिनी विकास कोषले नि:शुल्क बिजुली बस तिहार  र छठसम्मै चलाउने

लुम्बिनी विकास कोषले नि:शुल्क बिजुली बस तिहार  र छठसम्मै चलाउने

images
  • लुम्बिनी विकास कोषले नि:शुल्क बिजुली बस तिहार  र छठसम्मै चलाउने
    images
    images

    बुटवल । लुम्बिनी विकास कोषले सञ्‍चालन गरेको धम्म यात्रा बिजुली बसको अफिसियल यान्त्रिक परीक्षणलाई दिपावली सहित छठपर्व सम्म बढाइने भएको छ। लुम्बिनी विकास कोषको विहिबार बसेको सचिवालय बैठकले नि:शुल्क बस सेवा तिहार र छठसम्म लैजाने निर्णय गरेको हो।

    images
    images
    images

    दसैंको अवधिमा नि:शुल्क बिजुली बसप्रति आकर्षण बढेकाले तिहार र छठसम्म सेवा लैजाने निर्णय भएको कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई (सिद्धिचरण) ले जानकारी दिए। दसैंको अवसर पारेर असोज १३ गतेबाट नि:शुल्क रुपमा बौद्ध परिपथ क्षेत्रमा नि:शुल्क बिजुली बस सञ्‍चालन गरिएको थियो।

    images
    images
    images

    बुधबार (मंगलबार) सम्म ९ हजार ७ सय १२ जनाले लुम्बिनीको धम्म यात्रामा सहभागि भई लुम्बिनी भ्रमण गरेको कोषका बोर्ड सदस्य तथा परीक्षण इकाई संयोजक विश्वराज पौडेलले जानकारी दिए।

    images
    images
    images

    लुम्बिनीबाट रामग्राम सम्मको रुटबाट १५ दिनमा २८ ट्रिप यात्रा मा १३९० जना, लुम्बिनी बुटवल रुटमा १० दिनमा ३८ ट्रिप यात्रामा ११२२ जना, लुम्बिनी देवदह रुटबाट १५ दिनमा २९ ट्रिप यात्रामा एक हजार ३४० जना, लुम्बिनी बेलहिया रुटबाट ८८ ट्रिप यात्रामा ३४७९ जना, लुम्बिनी तिलौराकोट रुटबाट ५५ ट्रिप यात्रामा १३४८ जना, लुम्बिनी रामापुर कलोनी रुटबाट ५ दिनमा २४ ट्रिप यात्रामा १०३३ जनाले लुम्बिनी भ्रमण गरेका छन्।

    उक्त धम्म यात्रा सञ्चालनका लागि जिल्ला प्रसासन कार्यलयको संयोजनमा नेपाली सेना, नेपाल प्रहरी, ससस्त्र प्रहरीबलबाट चालक र सहयोगी सहितको सहयोग कायम रहेको छ।

    १५ दिनको अवधिमा विद्युतीय बस सञ्‍चालनमा प्रत्यक्ष र अप्रत्यक्ष सहयोग पुर्‍याउने पर्यटन व्यवसायी, नेपाली सेना प्रहरी तथा सरोकारवालाहरुप्रति कोषका कोषाध्यक्ष भटराईले आभार व्यक्त गरेका छन्। लुम्बिनी विकास कोषले ५ वटा बस लुम्बिनी तिलौराकोट, लुम्बिनी देवदह, लुम्बिनी रामग्राम, लुम्बिनी बुटवल र लुम्बिनी सैनामैना क्षेत्रमा नियमित रुपमा सञ्चालन गर्दै आएको छ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # लुम्बिनी विकास कोष
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।