लुम्बिनी । लुम्बिनी विकास कोषले आईतबार मायादेवी मन्दिरमा रहेको दानपेटिका खोलेको छ । लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई (सिद्धिचरण) को नेतृत्वमा स्थानीय तह, सुरक्षाकर्मी, प्रहरी र अन्य सरोकारवालाहरुको उपस्थितीमा दानपेटिका खोलिएको हो ।
आर्थिक वर्ष ०७९/८० शुरु भएपछि कोषले पहिलो पटक दानपेटिका खालिएको हो । मायादेवी मन्दिरको अवलोकनमा गएका भक्तजनले चढाएको भेटीको गणना कार्य तीनसम्म चल्ने कोषाध्यक्ष ढण्डिराज भट्टराई (सिद्धिचरण) ले जानकारी दिए ।उनले आफूले कोषाध्यक्ष पद समालेदेखि दानपेटिकामा संकलित दान पारदर्शी बनाउने गरि गणनाको व्यवस्था मिलाईएको छ ।
राजस्व शाखा, लुम्बिनि सुरक्षा प्रतिनिधि, नेपाल प्रहरी, दंगा प्रहरी बल, सशस्त्र प्रहरी, र लुम्बिनी साँस्कृतिक नगरपालिका प्रतिनिधिहरुको उपस्थितीमा दानपेटिका खोलिएको हो । भेटि गणना स्थलमा सिसिटिभि क्यामेरा जडान गरिएको छ । २४ जना गणकहरुको उपस्थितीमा भेटी गणना गरिएको लेखा शाखाका विकास लामाले बताए ।
यसअघि गत असार १९ गते दानपेटिका खोलिएको थियो । लुम्बिनीमा प्रमुख आम्दानीको श्रोतका रुपमा दानलाई लिने गरिएको छ । आन्तरीक आम्दानीबाटै कर्मचारी र अन्य व्यवस्थापन गर्दै आएको कोषले जनाएको छ । पछिल्लो समय आन्तरीक तथा बाह्य पर्यटक बढ्न थालेका छन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology