Logo

२०८३, श्रावण ३०गते


images
images

पुर्व सांसद झुट बोल्न माहिर हुनुहुन्छ :अब्दुल रज्जाक

पुर्व सांसद झुट बोल्न माहिर हुनुहुन्छ :अब्दुल रज्जाक

images
  • पुर्व सांसद झुट बोल्न माहिर हुनुहुन्छ :अब्दुल रज्जाक
    images
    images

    देवदह । रुपन्देही क्षेत्र नं १ 'ख' बाट प्रदेश सभा सदस्य पदका उम्मेदवार अब्दुल रज्जाकले रुपन्देही क्षेत्र नं १ का पुर्व सांसद झुट बोल्न माहिर  रहेको बताएका छन् । पुर्व सांसद छविलाल विश्वकर्मा तर्फ संकेत गर्दै उनले यस क्षेत्रमा आफुले पहल गरेर पारेको बजेट र आफुले थालनी गरेका आयोजनाहरू समेत विश्वकर्माले आफुले गरेको भनेर झुट बोलेको बताएका हुन् ।

    images
    images
    images

    दिपावली तथा छठ पर्वको अवसरमा नेपाली कांग्रेस रोहिणी गाउँपालिका द्वारा आयोजना गरिएको शुभकामना आदन प्रदान कार्यक्रममा बोल्दै रज्जाकले पुर्व सांसदले रोहिणी गाउँपालिका क्षेत्रमा विकास निर्माणका कुनैपनी कार्यहरु नगरेको र जनतालाई झुठो आस्वासन बाडेको आरोप लगाए ।

    images
    images
    images

    आफुहरुले आश्वासन नदिने र लोकतन्त्रको रक्षाका तथा शिक्षा, स्वास्थ्य, खानेपानी, सडक सबै विकास निर्माणका काममा जनताको साथमा रहेर काम गर्ने बताउँदै उनले गठबन्धनलाई मतदान गर्न अनुरोध गरे ।

    images
    images
    images

    सो क्रममा झुटो आस्वासन दिएर मत माग्न आउनेबाट सतर्क रहन समेत उनले आग्रह गरेका थिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # अब्दुल रज्जाक
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।