रुपन्देही । चापाकल चिन्ह लिएर रुपन्देही जिल्ला क्षेत्र नं १ बाट प्रतिनिधि सभा सदस्य पदमा स्वतन्त्र उम्मेदवारी दिएका टिकाराम चापागाईंले पार्टी र जाती भन्दा माथि उठेर योग्य उम्मेदवारलाई मतदान गर्न अपिल गरेका छन् । दिपावली तथा छठ पर्वको अवसरमा ओमसतिया युवा क्लबद्वारा आयोजना गरिएको शुभकामना आदन-प्रदान कार्यक्रममा बोल्दै चापागाईंले समग्र रुपन्देहीलाई नयाँ दिशा दिने दृढ़ इच्छा शक्तिको साथ आफू उम्मेदवार भएको बताए ।
उनले उम्मेदवारलाई जाती र पार्टीसँग मात्रै जोडेर नहेर्न आग्रह गरेका गरे । जिल्लाको विकासमा आफु संधै सकृय भएको बताउँदै उनले थप नयाँ संकल्प लिएर चुनावी मैदानमा आएको बताए ।
स्वतन्त्र उम्मेदवारी दिएका टिकाराम चापागाईं रुपन्देही क्षेत्र नं १ मा गठबन्धन समर्थित स्वतन्त्र उम्मेदवार घनश्याम भुसाल र एमाले सचिव छविलाल बिश्वकर्मा लगायतसंग चुनावी मैदानमा होमिएका छन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology