रुपन्देही । मौसमी रुपमा तराईको तापक्रम घट्दो छ तर चुनावी महोलले यतिबेला देशका सबै निर्वाचन क्षेत्रहरु तातिरहेका छ्न् । निर्वाचन नजिकिँदै गर्दा विभिन्न दल तथा स्वतन्त्रबाट उम्मेदवारी दिएका उम्मेदवारहरुलाई चुनावी प्रचार गर्न भ्याइनभ्याई छ ।
यता रुपन्देही क्षेत्र नं.१ स्वतन्त्रबाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएका टिकाराम चापागाईंले पनि आफ्नो आक्रामक प्रचारलाई जारी राखेकाछन। उनले मतदातालाई घरदैलो तथा चुनावी कार्यक्रममार्पत सम्वोधन गरिरहेका छ्न्।
सधै झै चापागाईं आइतबार पनि बिहानैदेखि रुपन्देही क्षेत्र नं. १ का विभिन्न वडा तथा स्थानमा पुगेर चुनाव प्रचार गरे । उनले आइतबार रुपन्देही १ को दाउन्ने, पिपलडाढा, शितल्नगर पाकडी, लगायतका ठाउँमा घरदैलो तथा चुनावी कार्यक्रमलाई सम्बोधन गरेका छ्न् । घरदैलो कार्यक्रम अन्तर्गत मतादातालाई उनले देश अहिले बेथिति, कुसँस्कार र कुरीतिले जर्जर भएकाले त्यसलाई सही दिशामा ल्याउन आफूले चुनाव जित्नैपर्ने बताएका छ्न् ।
उनले रुपन्देही-१ मा यसपटक स्थानीय उम्मेदवार आफूलाई जिताउन अनुरोध गरेका छ्न् । भेटमा उनले ‘हामी चुनावका बेला विभिन्न झुठा आश्वासनमा परेर भ्रष्टाचारिलाई भोट दिने गदछौं । उनीहरुले सधैं तपाईं हामीलाई झुक्याउने गरेका छन्, पटकपटक नेताले झुक्याए अब जनताले नेता झुक्याउन पर्छ ।"
सो अवसरमा स्थानीयहरूले निर्वाचनमा देखिने र चुनावपछि हराउने नेताबाट आजित भएको बताएका थिए ।
टिकाराम चापागाईं रुपन्देही क्षेत्र नम्वर १ का प्रतिनिधी सभा चापाकल चिन्हका स्वतन्त्र उम्मेदवार हुन। उनीसंगै एमाले नेतृत्वको विपक्ष गठबन्धनका छविलाल बिश्वकर्मा र सत्ता गठबन्धनका घन्श्याम भुसाल चुनावी मैदानमा छन्।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology