देवदह । रुपन्देही क्षेत्र नं. १ बाट प्रतिनिधी सभा सदस्य पदका स्वतन्त्र उम्मेदवार अधिवक्ता टिकाराम चापागाईंले जनताका अपेक्षा पूरा हुने गरी काम गर्ने बताएका छन् । शुक्रबार चुनावी घरदैलो कार्यक्रममा सम्बोधन गर्दै चापागाईंले सो कुरा बताएका हुन् ।
सो क्रममा चापागाईंले जनताको अपेक्षा र आवश्यकता पूरा हुने गरि काम गरे मात्र रुपन्देहीलाई समृद्धिको बाटोमा लान सकिने बताए । उनले भने, ‘हामीले प्राप्त गरेको जिम्मेवारीबाट आम जनअपेक्षा सम्बोधन गर्न सक्नुपर्छ । निर्वाचन हामी जित्छौं दुई मत छैन । निर्वाचन जितिसकेपछि जनताका अपेक्षाहरुलाई पुरा गर्न सक्ने अठोट राख्न सक्नु पर्छ ।
चापागाईं यतिबेला चुनावी घर दैलोमा व्यस्त छ्न् ।
टिकाराम चापागाईं रुपन्देही क्षेत्र नम्वर १ का प्रतिनिधी सभा चापाकल चिन्हका स्वतन्त्र उम्मेदवार हुन उनी संगै एमाले नेतृत्वको विपक्ष गठबन्धनका छविलाल बिश्वकर्मा र सत्ता गठबन्धनका घन्श्याम भुसाल चुनावी मैदानमा छन्।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology