देवदह । रुपन्देही क्षेत्र नं. १ बाट प्रतिनिधी सभा सदस्य पदमा स्वतन्त्र उम्मेदवार बनेका अधिवक्ता टिकाराम चापागाईंले सबै पार्टी भित्रका इमानदार कार्यकर्ताले आफुलाइ भोट दिने बताएका छ्न् ।
रुपन्देही ठुटिपिपलको चुनावी सभालाई सम्बोधन गर्दै चापागाईंले सो कुरा बताएका हुन । उनले पार्टीप्रती जनताको भरोसा गुमेको र पार्टीप्रती रुष्ट भएका इमानदार कार्यकर्ता आफुलाइ मत दिने बताएका हुन । उनले भने `मलाई कांग्रेस, एमाले, माओवादीका साथीहरुले पटक पटक भेटेर भोटदिने प्रतिवद्वता व्यक्त गर्नुभएको छ, जनताको अबको भरोसा र परिवर्तनको सबाहाक मात्र हामी हो हाम्रो जित निश्चित छ´ उनले थपे अब हामी ४२ हजार मत सहित बिजय हुँदैछौं ।
चापागाईं यतिबेला चुनावी घर दैलोमा व्यस्त छ्न् ।
टिकाराम चापागाईं रुपन्देही क्षेत्र नम्वर १ मा एमाले नेतृत्वको विपक्ष गठबन्धनका छविलाल बिश्वकर्मा र सत्ता गठबन्धनका स्वतन्त्र उम्मेदवार घन्श्याम भुसालसंग चुनावी मैदानमा छन्।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology