रुपन्देही । रुपन्देही क्षेत्र नं. १ बाट प्रतिनिधी सभा सदस्य पदका स्वतन्त्र उम्मेदवार अधिवक्ता टिकाराम चापागाईले जनमतको अपमान गर्नेलाई मतदान नगर्न आग्रह गरेका छन् । सोमबार देवदहको भलुहीमा भएको चुनावी सभालाई सम्बोधन गर्दै चापागाईंले जनमतको सम्मान गर्ने सक्कली उम्मेदवारलाई मतदिन गर्न आग्रह गरे ।
उनले भने "तपाईंहरुले मत दिई सांसद बनाएर ५ वर्षको लागि पठाउनु हुन्छ । नेता चुनाव जितेर जान्छन् तर फर्केर आउन्न । जब चुनाव आउछ अनि बल्ल तपाईंको घर चिन्छ, तपाईंलाई चिन्छ अब त्यस्ता नेताप्रती सचेत रहनुपर्छ र बहिस्कार गर्नुपर्छ"
"त्यस्ता उम्मेदवार फेरि पनि तपाईंहरुको घरदैलोमा मत माग्न आउन सक्छन्" चापागाईंले आफ्नो प्रतिद्वन्दीतर्फ लक्षित गर्दै भने, "जनताले दिएको मतको कदर गर्न सक्दैन त्यस्तालाई किन मतदान गर्ने भन्दै प्रश्न समेत गरे ।"
फरक प्रसङ्गमा उनले विकास कस्तो हुन्छ, विकास कसरी गर्नु पर्छ भनेर देखाउन र जनताको जीवन स्तर सुधार ल्याउन आफुले जित्नुपर्ने" बताए । क्षेत्रको समग्र विकासको खाका आफुले कोरेको उनको भनाइ छ ।
चापागाईं एमाले नेतृत्वको विपक्ष गठबन्धनका छविलाल बिश्वकर्मा र सत्ता गठबन्धनका घनश्याम भुसाल लगायतसंग चुनावी प्रतिस्पर्धा गरिरहेका छन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology