Logo

२०८३, आश्विन ९गते


images
images

पार्टीभन्दा जनताको अभिमत महान: टिकाराम चापागाईं

पार्टीभन्दा जनताको अभिमत महान: टिकाराम चापागाईं

images
  • पार्टीभन्दा जनताको अभिमत महान: टिकाराम चापागाईं
    images
    images

    रुपन्देही । रुपन्देही क्षेत्र नम्बर-१ बाट प्रतिनिधि सभा सदस्य लागि उम्मेद्बार दिएका टिकाराम चापागाईंले पार्टी भन्दा जनताको अभिमत महान हुने बताएका छन्। 

    images
    images
    images

    राजनीतिक दलबाट देश र जनताको हित र समृद्धि हुन्छ भन्ने विश्वास सम्बन्धित राजनीतिक दलकै नेताहरू गुमाएको भन्दै आफूले कुनै दल विशेष नभैइ स्वतन्त्र उम्मेदवारी दिएको बताए।

    images
    images
    images

    पार्टी र नेता भन्दा देश्को हित र समृद्धि महान हुने भएकोले देशभक्त नागरिकको कर्तव्य हुने चापागाईंले बताए। जनताको माग र अपेक्षालाई सशक्त रुपमा उठाउनकै लागि आफ्ने उम्मेदवारी रहेको उनको भनाई छ। चापागाईंले रुपन्देही क्षेत्र नम्बर १ का जनताको सामूहिक स्वार्थ र इच्छालाई केन्द्र बिन्दुमा राखेर सुखी र खुसी बातावरण बनाउने आफ्ने दायित्व रहेको बताए।

    images
    images
    images

    वर्तमान अवस्थामा राजनैतिक पार्टी केही शक्तिशाली व्यक्तिहरुको झुण्डमा रहेको भन्दै प्रतिनिधि सभा सदस्य उम्मेदवार चापागाईंले राजनीतिक दलमा व्यक्तिवादी प्रवृत्तिकै कारण नैराश्यताको अवस्थामा पुगेको बताए। 

    रुपन्देही क्षेत्र नम्बर १ को समग्र विकास, जनताको आवश्यकता र समस्या सम्बोधन गर्नकै लागि दलबाट सम्भव नभएको वर्तमान अवस्थामा आफ्नो स्वतन्त्र उम्मेदवारी यस क्षेत्रका जनताकै लागि भएको चापागाईंले बताए।

    चापागाईंले आफू प्रतिनिधि सभा सदस्यमा विजयी भए देशको समग्र हितलाई मध्यनजर गर्दै सीमा सुरक्षा, स्वतन्त्रता, राष्ट्रिय एकता, सामाजिक सद्भाव कायम गर्दै विकासका गतिविधिलाई प्राथमिकता दिने बताए। सुशासन सहितको आर्थिक समृद्धिका लागि चापाकल चुनाव चिन्हमा मतदान गरी आफूलाई जिताउन रुपन्देही क्षेत्र नम्बर १ का मतदाताहरु समक्ष उनले अनुरोध गरे।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # टिकाराम चापागाईं
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।