Logo

२०८३, श्रावण ३०गते


images
images

चितवनका १ हजार ७ सय ७० कृषकको छैन जमिन

चितवनका १ हजार ७ सय ७० कृषकको छैन जमिन

images
  • चितवनका १ हजार ७ सय ७० कृषकको छैन जमिन
    images
    images

    राजेश पराजुली, गण्डकी प्रदेश । जिल्लामा एक हजार सात सय ७० घरधुरी कृषकले अर्काको जग्गा भाडामा लिएर कृषि कर्म गर्दै आएका छन् । यसरी खेती गर्नेमा स्वदेशी तथा विदेशी नागरिक रहेका छन् । जिल्लामा रहेका एक लाख आठ हजार पाँच सय ७० घरधुरीमध्ये सो संख्याका कृषकले अर्काको जग्गामा खेती गर्दै आएका हुन् ।

    images
    images
    images

    जग्गाको स्वामित्व हुने कृषकको सङ्ख्या एक लाख छ हजार आठ सय रहेको छ । कृषि ज्ञान केन्द्र चितवनका अनुसार जिल्लामा आफ्नो जग्गा हुने कृषकमध्ये शून्य दशमलव एक हेक्टरभन्दा कम जमिन हुने २६ हजार दुई सय ९० कृषक छन् । यस्तै शून्य दशमलव एकदेखि शून्य दशमलव दुई हेक्टरसम्म जमिन हुने १९ हजार आठ सय ९९ घरधुरी, (दशमलव दुईदेखि ) दशमलव पाँच हेक्टरभन्दा कम हुने ४४ हजार एक सय ३७ घरधुरी, शून्य दशमलव पाँचदेखि एक हेक्टरभन्दा कम जमिन भएका १२ हजार तीन सय ३७ घरधुरी रहेका छन् ।

    images
    images
    images

    एकदेखि दुई हेक्टर जमिन हुने तीन हजार चार सय ४६ घरधुरी, दुईदेखि तीन हेक्टर जमिन हुने एक सय ७३ घरधुरी, तीनदेखि चार हेक्टर जमिन हुने २६ घरधुरी, चारदेखि पाँच हेक्टर जमिन हुने एक सय ९२ घरधुरी, पाँचदेखि १० हेक्टर जमिन हुने दुई सय ८१ घरधुरी र १० हेक्टरभन्दा माथि जमिन हुने १९ घरधुरी रहेको कार्यालयका प्रमुख युवराज पाण्डेले जानकारी दिए ।

    images
    images
    images

    यी कृषकमध्ये जिल्लाका झण्डै ८० प्रतिशत किसानले आफ्नो उत्पादनको बिमा गरेका छैनन् । बिमा नहुँदा बेलाबखत आउने प्राकृतिक विपत्तिका कारण किसानले ठूलो क्षति बेहोर्न बाध्य भएका छन् । चितवनका किसानले बाली र पशुमा नयाँ-नयाँ रोग र बर्खामा बाढीको प्रकोप बेहोर्नुपरेको छ ।

    कृषि ज्ञान केन्द्र चितवनका अनुसार जिल्लामा एक लाख आठ हजार पाँच सय ६७ किसान छन् । तीमध्ये ८४ हजार आठ सय ३३ किसानले निर्वाहमुखी कृषि पेसा गरेका छन् । एक हजार चार सय ४६ किसानले मात्रै व्यावसायिक कृषि गरेको केन्द्रका प्रमुख पाण्डेले बताए । 

    जिल्लाका ८६ हजार दुई सय ७९ अर्थात् ७९.५ प्रतिशत किसानले कृषि बिमा गरेकै छैनन् । कृषि बिमा गरेका २२ हजार छ सय ८६ किसानमध्ये सबैभन्दा धेरै पशुपन्छी उत्पादन गर्ने किसान १८.७ प्रतिशतअर्थात् २० हजार तीन सय ४५ छन् ।

    त्यस्तै बाली उत्पादनको बिमा गर्ने सात सय २४ (०.७ प्रतिशत), मत्स्यपालनको बिमा गर्ने एक सय ६० (०.१ प्रतिशत) र अन्य उत्पादनको बिमा गर्ने एक हजार चार सय ५४ जना (१.३ प्रतिशत) किसान छन् । जिल्लामा ४४ हजार पाँच सय ३७ हेक्टर कृषियोग्य जमिन छ । त्यसमध्ये ३५ हजार ८६ हेक्टर जमिनमा मात्रै सिँचाइ पुगेको उनले बताए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # गण्डकी प्रदेश
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।