Logo

२०८३, श्रावण २७गते


images
images

द्वन्द्वको पीडा मुटुभित्र लुकाएर बाँचेका १९ वर्ष 

द्वन्द्वको पीडा मुटुभित्र लुकाएर बाँचेका १९ वर्ष 

images
  • सेतोमसी सहकर्मी
  • द्वन्द्वको पीडा मुटुभित्र लुकाएर बाँचेका १९ वर्ष 
    images
    images

    कृष्ण अन्जान । जीवनका धेरै आरोह अवरोहहरुमा मानसपटलभित्र कहिले नमेटिने घाउको रुपमा हरेक पटकको तिहार हाम्रो परिवार माझ आउँछ र जाने गर्छ । हरेक आँगनहरु मखमली र सयपत्री फूलहरुले झकिझकाउ भएर फूलिरहँदा हाम्रो परिवारको मन कहिल्यै फूल्दैन ।समयले उन्नाईस वर्षको नेटो काट्यो तर त्यो रक्तरन्जित दिन हिँजो जस्तै लाग्छ । 

    images
    images
    images

     

    images
    images
    images

    २०६० साल कार्तिक ९ गतेको त्यो दिन मेरा लागि बिर्सनै नमिल्ने कालो दिन हो । संयोगले यो वर्ष कार्तिक नौ गते नै तिहारको गोबर्धन पुजा परेको छ । एकपटक फेरी पश्चिमी नवलपरासीको सुनवलमा पुगेर टक्क अडिएँ । नदुवा प्रहरी चौकी अगाडी उभिएर समवेदनाका दुई थोपा आँसु खसालेँ ।

    images
    images
    images

     

    आँखाभरि २०६० सालको कार्तिक नौगतेको रक्तरन्जित इतिहास झल्झल्ति नाच्यो । मन अमिलो मात्र भएन प्रतिशोधको भावनाले शरिर एक पटक नराम्ररी काम्यो ।

     

    देशमा परिवर्तन गर्छौँ भन्ने केही उन्मादिहरुको बन्दुकबाट वर्षेका गोलिले परिवारको भोलिको भविष्य खोज्न प्रहरी चौकि अगाडि दिनदिनै काठको टँकिमा चियाको कित्लि बसाल्ने भोजराज ज्ञवालीको छातिमा गोलि बर्साएर ठहरै पारेपछि कथित जनयुद्ध जिन्दावादको नाराले सुनवल गुन्जाउँदै एउटा हत्याराको हुल पुर्व तिर हुँइकियो तर त्रिसट्ठी वर्षे भोजराजको छाति छेँडेर गरिएको जघन्य हत्याले उनको परिवार प्रति न त्यतिबेला न अहिले पिडामा मलम लगाउन कोहि आएन ।

     

    गणतन्त्रका नाममा सुण्ड, मुण्ड र महिषासुरहरुले व्यक्तिगत परिवर्तन गरे । देश लुटेर परिवार नाता गोताको जीवन सुधारे तर द्वन्द्वमा उनका उन्मादी जत्थाले बन्दुकले मारिएका भोजराज ज्ञवालीहरुका परिवार थोत्रो घर र भत्केको गोठमा निराश र आधारहिन जीवन जिउन बिबश भए ।

     

    हरेक पटक लाज पचेका नकच्चराहरु लोकतन्त्र, गणतन्त्रका फेरेवि नाराहरु फलाक्दै हिँडेको भेट्छु । राजनीतिका फोस्रा आदर्श देखाउँदै देश तहस नहस गर्न उद्दत सिखण्डीहरुलाई देखेपछि अनुहार हेर्न मन लाग्दैन ।

     

    करिब उन्नाईस वर्ष घाउ उहीँ छ र त्यसैगरी चहर्याउँछ । यी समय धेरै हात मिलाउने र बात मिलाउने सँग भेटेको छु । पीडा कथा र व्यथा पोखेको छु तर सुन्न त सुन्छ पीडा तर पछाडिबाट धारेहात लाउँछ किनकि यो प्रवृत्ति हो नेपाली राजनीतिक नेताहरुको ।

     

    बाबाको पासविक र जघन्य हत्याले परिवारका सदस्यहरुको मुख कहिल्यै उज्यालो छैन । एउटा निर्दोष बाबुलाई अनाहकमा गुमाउँदा र बाँच्ने सहारा नै खोसिँदाको पीडा सहिसक्ने अवस्था रहेन ।

     

    अठार वर्ष डिप्रेसनमा रहेकि आमाले पोहोर साल स्वमृत्युुको बाटो रोजेपछि साँच्चै म र बैनि शुसिला यसरी टुहुरा भयौँ कि हाम्रा लागि आँसु बाहेक केही रहेन ।

     

    बाबाको तत्कालीन माओवादी विद्रोहिले हत्या गरेपछि लामो समय मुटुमा आँसु लुकाएर हाँस्ने बानि परेको थियो तर आमाले समेत छाडेपछि त न समाउने हाँगो न टेक्ने डालो भएझैँ लाग्छ जीवन।

     

    केही महिनादेखि गाउँमा छु । भित्तामा बाबाको फोटो झुण्डिएको छ र पोहोर साउनबाट आमाको फोटो पनि सँगै छ । आमाले सम्हालेर राखिदिनु भएको डेढ हलको बारी, आमाको सपना पूरा हुन नसके भत्केको गोठ, आमाको सपनाकै रुपमा रहेको उहि जिर्ण घर जहाँ हरेक भित्ता कोठाचोटा हेर्दै गाउँ कुरेको छु ।

     

    मलाई गाउँ छाड्न पटक्कै मन लाग्दैन बाबाको विरासत आमाले सँरक्षण गरेको माटोमा आमाको पसिना बसाउँछ । एउटा गाँस निल्न पनि बाबा आमाको फोटो अगाडी बस्नै पर्ने अनौठो रोग लागेको छ ,यो रोगको अरुकुनै ओैषधि छैन र ओैषधि भनेकै मेरो माटो हो जस्को सुभाषले मलाई निको पार्छ ।

     

    यतिबेला मेरो जिउने सहारा पत्रकारिता हो । बत्तिस वर्ष लामो पत्रकारिता शहरबाट गाउँ तिर पलाएन भएको छ । शहरमा असफल सँघर्षले वाक्क भएर गाउँ फर्केपछि मलाई मेरो पत्रकारिताले केही नयाँपन दिएको छ । द्वन्द्वका उन्नाइस वर्ष हामी कुनै मोडियाको आँखामा नपरेका परिवारका सदस्य हौँ ,मेरो बाध्यता आफ्नो परिवारको व्याथा आफै लेख्ने गरेको छु ।

     

    शहरिया पत्रकारिताबाट गाउँ छिरेको एउटा द्वन्द्व पिडित परिवारको पत्रकार भएर होला म अलि भावनामा बगेर लेख्छु । टुहुरो र नितान्त एक्लोपनलाई भुलाउने माध्यम मेरो पत्रकारिता हो । द्वन्द्वको पिडामा मलम अब कसैले लगाउँदैन । मैले मज्जाले बुझेको छु ।

     

    हामी जस्ता सत्रहजार परिवारका हजारौं सदस्यहरुले भोगेका पीडा, वेपत्ता, घाईते अपाङ्गका व्यथा सुनिदिने कान र अवस्था हेरिदिने आँखा कुनै राजनैतिक नेताका छैनन ।

     

    फोस्रा आश्वासन र चुनावमा भोटका लागि सहानुभूति व्यक्त गरेझैं गरेर गोहिका आँस झार्ने नाटकवाज हरुको विश्वास गर्नु बेकार छ ।

    मौका आउँदा आफ्ना परिवार छोरा, छोरी, श्रीमतीलाई अवसर दिनेहरुले द्वन्द्व पिडितका लागि केही गर्दैनन् ।

    फोरी निर्वाचन आएको छ । तपाईं हाम्रा माझमा देखावटी समवेदना व्यक्त गर्न गोहिका आँसु झार्दै आउने छन । होसियार बनौँ, हाम्रो भोट भोली देश बेच्ने लाईसेन्स नबनोस ।

     

    ( पत्रकार अन्जान २०६० साल कार्तिक ९ गते नवलपरासीको सुनवलमा तत्कालीन माओवादी विद्रोहिको गोली लागेर मारिएका सर्वसाधारण भोजराज ज्ञवालीका छोरा हुन ।)

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # गुल्मी
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।