Logo

२०८३, श्रावण ३०गते


images
images

माओवादी केन्द्रद्वारा ५ जना केन्द्रीय सदस्यलाई पार्टीबाट निष्काशन

माओवादी केन्द्रद्वारा ५ जना केन्द्रीय सदस्यलाई पार्टीबाट निष्काशन

images
  • माओवादी केन्द्रद्वारा ५ जना केन्द्रीय सदस्यलाई पार्टीबाट निष्काशन
    images
    images

    काठमाडौं । नेकपा माओवादी केन्द्रले पार्टीका ५ जना केन्द्रीय सदस्यहरुलाई साधारण सदस्य समेत नरहने गरी कारबाही गरेको छ।अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज एक परिपत्र जारी गर्दै पार्टीका सात जना केन्द्रीय सदस्यहरुलाई साधारण सदस्य समेत नरहने गरी कारबाही गरिएको जनाएका छन्।

    images
    images
    images

     

    images
    images
    images

    पार्टीबाट निष्काशनको कारबाहीमा पर्नेहरुमा धनकुटाबाट स्वतन्त्र उम्मेदवारी दिएका हेमराज भण्डारी, सप्तरी १ बाट उम्मेदवारी दिएका अशोक कुमार मण्डल, पर्सा ४ १ बाट उम्मेदवारी दिएका वीरेन्द्र यादव र रोल्पा १ २ मा स्वतन्त्र उम्मेदवारी दिएका दिपेन्द्र बहादुर पुन मगर रहेका छन् । उनीहरू सबै केन्द्रीय समिति सदस्य हुन् । यस्तै पार्टीबाट निष्कासित हुनेमा केन्द्रीय लेखा परीक्षण आयोग सदस्य समेत रहेका कालिकोटबाट स्वतन्त्र उम्मेदवारी दिएका काशिचन्द्र बराल रहेका छन् ।

    images
    images
    images

     

    उनीहरुबिरुद्ध नेकपा माओवादी केन्द्रले पार्टी र गठबन्धनका आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिएको आरोप लगाएको छ । उक्त परिपत्रमा माओवादीले पार्टीका प्रदेश कमिटी सदस्यले गठबन्धनका उम्मेदावरविरुद्ध उम्मेदवारी दिएमा सम्बन्धित प्रदेश कमिटीले केन्द्रीय कमिटीमा सिफारिस गर्नुपर्ने जनाएको छ । 

     

    यस्तै जिल्ला तथा स्थानीय स्तरका नेताहरुले पार्टी र गठबन्धनका उम्मेदवारविरुद्ध बागी दिएको भए सम्बन्धित जिल्लाले कारबाही गनुपर्ने छ । यस्तै माओवादी केन्द्रले गठबन्धनका आधिकारीक उम्मेदवारलाई जिताउन निर्देशन दिएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नेकपा माओवादी केन्द्र
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।