देवदह । कुनै समय थियो, चुनावी प्रचारप्रसारका लागि नेता तथा कार्यकर्ताहरुले पर्चा, पम्पेटहरु प्रयोग गर्दथे । त्यसका लागि उनीहरुले लाखौँ रुपैयाँ खर्चिन्थे । तर अहिले प्रविधिको विकाससंगै सामाजिक संजाल र एसएमस मार्फत चुनावी प्रचार प्रसार गर्ने क्रम बढ्दो छ ।
रुपन्देही क्षेत्र नम्वर १ का प्रतिनिधी सभा स्वतन्त्र पदका स्वतन्त्र उम्मेदवार टिकाराम चापागाईंले चुनावमा मत माग्न फरक शैली अपनाएका छ्न्। उनले मतदाता रिझाउन र्याप गीत सर्वजनिक गरेका छ्न् ।
महाकालको शब्द र स्वर मा रहेको गीतमा भोट फर टिकाराम भनिएको छ । गीतले पुराना नेतालाई हराउँदै स्वतन्त्र उम्मेदवार टिकारामलाई जिताउ भनिएको छ । दलका नेताहरूलाई धेरै पटक हेरिएको भए पनि अब मतदाताले आफ्ना नेतालाई मत दिनुपर्ने अनि मात्रै विकास हुने बताईएको छ ।
र्याप विश्वव्यापी रुपमा संगीतको स्थापित विधा हो। पप–कल्चरसँग जोडिएको र्याप संगीत पश्चिमी देशमा अधिक प्रचलित छ।
नेपालसहितका पूर्वीय दर्शनसँग जोडिएका देशमा पनि पछिल्ला वर्षहरुमा र्याप संगीतको लोकप्रिय ‘जनरा’ का रुपमा स्थापित हुँदै गएको छ। विशेषत: युवा पुस्तामा र्याप लोकप्रिय छ।
स्थानीय तह निर्वाचनमा काठमाडौंका हालका मेयर बालेन्द्र साहका फ्यानहरूले समेत उनलाई र्याप मार्फत विभिन्न ढंगले मत मागेका थिए । मंसिर ४ कै निर्वाचनलाई लक्षित गर्दै केही दिनअघि नेकपा माओवादी केन्द्रले पनि चुनावी गीतको रूपमा र्याप सार्वजनिक गरेको थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology