Logo

२०८३, श्रावण ३०गते


images
images

विवेकपूर्ण ढंगबाट मतदानमा सहभागी हुन मुख्यमन्त्री पोखरेलको आग्रह

विवेकपूर्ण ढंगबाट मतदानमा सहभागी हुन मुख्यमन्त्री पोखरेलको आग्रह

images
  • विवेकपूर्ण ढंगबाट मतदानमा सहभागी हुन मुख्यमन्त्री पोखरेलको आग्रह
    images
    images

    राजेश पराजुली, पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्दै, कसैको प्रभावमा नपरी स्वतन्त्ररुपमा योग्य उम्मेदवारको छनौटका लागि मतदानमा संलग्न हुनका लागि प्रदेशवासीमा अपील गरेका छन् । 

    images
    images
    images

    प्रतिनिधि सभा र प्रदेशसभाको निर्वाचन २०७९ का सन्दर्भमा शुक्रबार शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री पोखरेलले लोकतन्त्रमा विश्वास गर्ने, जनताको अधिकारको रक्षा गर्न सक्षम, विकासप्रेमी, इमान्दार, कर्तव्यनिष्ठ र सेवा भावले ओतप्रोत उम्मेदवारलाई छनौट गर्न सकेमा मात्र आगामी ५ वर्ष हामीले चाहे बमोजिमको सेवा प्राप्त गर्न सकिने उल्लेख गरेका छन् । उनले भनेका छन्, ‘हाम्रो मत नै मुलुक रुपान्तरणको आधार भएकाले मतदानको अधिकार विवेकपूर्णढंगबाट उपयोग गर्नुहुनेछ भन्नेमा आश्वस्त छु ।’  

    images
    images
    images

    मुख्यमन्त्री पोखरेलले लामो र कठोर बलिदानीपूर्ण संघर्षबाट नेपाली जनताले प्राप्त गरेका उपलब्धि रक्षा गर्दै मुलुकलाई आर्थिक तथा सामाजिक उन्नयनको मार्गमा लैजान सक्ने प्रतिनिधि छनौट गर्नु आवधिक निर्वाचनको मुल ध्येय रहेको बताएका छन् ।

    images
    images
    images

    मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनलाई भयरहित, स्वच्छ एवं मर्यादित तबरले सम्पन्न गर्ने, गराउने दायित्य सरकारसँगै राजनीतिक दल, नागरिक समाज, निजी क्षेत्र एवं आमसञ्चार माध्यम रहेको सन्देशमा उल्लेख छ । उनले भनेका छन्, ‘राष्ट्रसेवक कर्मचारी, सुरक्षाकर्मी, पर्यवेक्षणमा खटिने राष्ट्रिय अन्तर्राष्ट्रिय संघ संस्था एवं सरोकारवाला सबै  भयरहित वातावरणमा निश्पक्ष निर्वाचन सम्पन्न गराउन जुट्नुुहुनेछ भन्नेमा पूर्ण विश्स्त छु ।’ 

    आवधिक निर्वाचन लोकतन्त्रको महत्वपूर्ण आधार र सुन्दर पक्ष रहेको भन्दै मुख्यमन्त्रीद्वारा जारी सन्देशमा भनिएको छ, ‘संविधानसभामार्फत् २०७२ मा जारी भएको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक नेपालको संविधानमा व्यवस्था भएबमोजिम स्थापित ३ तहका सरकारमध्ये प्रदेश संरचनाको पहिलो १ कार्यकाल सफलतापूर्वक सम्पन्न भई विशेष अनुभवका साथ अहिले हामी दोस्रो कार्यकालका लागि निर्वाचनमा जुटिरहेका छौं ।’

    प्रतिनिधि सभाको पनि निर्वाचन एकसाथ सम्पन्न हँन गइरहेको सन्दर्भमा उनले सम्पूर्ण प्रदेशवासीमा बधाई ज्ञापन गर्दछु । उन्नत अवस्थाको शासन प्रणाली उपलब्ध गराउन बलिदानी गर्ने सम्पूर्ण सहिदप्रति उनले श्रद्धाञ्जली अर्पण गर्दै अग्रजप्रति कृतज्ञता व्यक्त गरेका छन् । 

    संघीयताको पहिचान भनेकै प्रदेश संरचना हो । संघ र स्थानीय तह कुनै न कुनै रुपमा यसअघि पनि अस्तित्वमा थिए । तर प्रदेश संरचना हाम्रा लागि नितान्त नौलो अभ्यास हो । सन्देशमा उल्ल्ेख छ, ‘भौतिक संरचना, जनशक्ति व्यवस्थापनदेखि कानुनी अस्पष्टता लगायतका समस्या झेल्दै ५ वर्षको अवधिमा प्रदेश संरचनाले सशक्तरुपमा आफ्नो पहिचान स्थापित गराएको छ ।’ एक सरकारकोरुपमा सञ्चालित हुन आवश्यक सम्पूर्ण तयारी यसले पूरा गरेको दाबा उनको छ ।

    आर्थिक तथा सामाजिक उन्नयनका लागि महत्वपूर्ण कार्य आरम्भ भएता पनि नागरिकका चाहना र आकांक्षाहरु पूरा हुन नसकेको उनको स्वीकारोक्ति छ । उनले भनेका छन्, ‘बितेको कार्यकालबाट पाठ सिकेर संघीय शासन प्रणालीलाई व्यवस्थित गर्नका लागि अबको समय खचिर्नुपर्छ ।’  धेरैभन्दा धेरै प्रदेशबासीको संलग्नतामा यो निर्वाचन निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न होस् भनी उनले शुभकामना व्यक्त गरेका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।