Logo

२०८३, श्रावण २७गते


images
images

सरनबारीको सुन्दरतामा सुगन्ध थप्दै सिमी खेती: १५० परिवारले 'सिमीबाटै' कमाउँछ झन्डै 'तीन करोड'

सरनबारीको सुन्दरतामा सुगन्ध थप्दै सिमी खेती: १५० परिवारले 'सिमीबाटै' कमाउँछ झन्डै 'तीन करोड'

images
  • सरनबारीको सुन्दरतामा सुगन्ध थप्दै सिमी खेती: १५० परिवारले 'सिमीबाटै' कमाउँछ झन्डै 'तीन करोड'
    images
    images

    देवदह । घडीमा बिहानको ८ बज्दैछ। हिंउदको समय यसैपनि जाडो बढेको छ।  बिहानमा त झन् जाडोले सताउने नै भयो।  देवदह नगरपालिका उपप्रमुख विद्यालक्ष्मी गुरुङ सहितको टोली देवदहको उत्तरी भागमा रहेको सुन्दरवस्ती सरनबारीतर्फ अगाडी बढ्दैछ। मुख्य राजमार्गको धुलो र कोलाहलको प्रभावबाट अलिपर जङ्गलकोविच हुँदै पहाडको काखमा रहेको सरनवारी देख्दा जति सुन्दर छ, त्यति नै गुनी पनि छ।

    images
    images
    images

    त्यसो त केहि समय अघिसम्म सरनबारीलाई अलि विकट मानिन्थ्यो। विकट मानिनुको कारण हो, उक्त वस्तीसम्म पुग्ने सडक र पुल व्यवस्थित नहुनु।  तर अब सरनबारीले विकासको उडान भरिसकेको छ।  जङ्गलको बिचबाट अघि बढ्दै गर्दा नगर उपप्रमुख गुरुङले बन्दै गरेको सडक र पुल देखाउंदै भनिन, "त्यो पुलले सरनबारी गाउँलाई देवदह बजारसम्म जोड्न सहयोग गर्नेछ र अब आवतजावतमा सहज हुनेछ।" उनले थपिन, "वर्षातको समयमा ठूलो बाढी आएर गाउँका मानिस बजारसम्म आउन असहज हुने अवस्थाको अब अन्त्य भैसक्यो ।" 

    images
    images
    images

    यसरी कुरा गर्दा उपप्रमुख गुरुङको अनुहारमा एक प्रकारको सन्तुष्टि र विकासको भोक संगसंगै देखिन्थ्यो। 

    images
    images
    images

    जति माथि पुग्यो, त्यति सुन्दर सरनबारी

    पुलबाट पारी लागेपछी अब हाम्रो यात्रा उकालिन थाल्यो । जङ्गलको अन्त्य सङ्गै केही घरहरु देखिन थाले । केही पक्की त केही खर र टिनले छाएका घरहरू असाध्यै सुन्दर देखिन्थे  । तिनै बस्तिहरूलाई नियाल्दै हाम्रो यात्रा झनै उकालियो।
      
    जताततै हरियाली । कतै तरकारी अनि कतै जङ्गलका अग्ला रुखको। थोरै माथि गैसकेपछी माथिल्लो सरनबारी लेखिएको सुचना बोर्डले हामिलाई स्वागत गर्यो। स्वागत बोर्डलाई बिदाई गरेर टोली अझै अगाडि बढ्दै गयो। 

    अलिअघि पुगेपछि मानबहादुर दाई भन्दै उपमेयर गुरुङले एकजना कृषकलाई बोलाइन । कृषक आउन ढिला गरेपछी गुरुङले उनलाई स्कुलमा आउन आग्रह गरिन।  हामी कालिका आधारभुत विद्यालय तर्फ लाग्यौ। 

    बारीमा लछप्पै  फलेका हरिया सिमि देखेपछि त्यसको बारेमा जान्ने कौतुहलता जागेर हामीले त्यसबारे उपमेयरलाई बताउन आग्रह गर्यौं। सिमि खेती नै यहाँको विशेषता रहेको बताउंदै उनले  सिमि  खेती बारेमा जान्नका लागि यहाँसम्म आएको बताइन। 

    यतिकुरा गर्दैगर्दा कालिका आधारभुत विद्यालयसंग जोडिएका खेतहरुमा लछप्पै फालेका सिमिमा हाम्रो नजर पर्यो।  विद्यालयको प्राङ्गणबाटमाथि  डाँडासम्म देखिने सिमि खेती साच्चै मनै लोभ्याउने खालको थियो। 

    मेहनत गर्छ सरनबारी  

    औपचारिक कार्यक्रमका केहि तस्विर र तथ्यांक संकलन गरेपछि  नगरपालिकाको समूहसंग छुट्टिएर सेतोमसीको हाम्रो टोली  सरनबारी गाउँ सङ्गै सिमी खेती हेर्न निस्कियौं ।

    अहिले बिहानको ९:४५ भएको छ । यतीबेला अभिभावकहरु आफ्ना छोराछोरीलाइ विद्यालय पठाउने तयारी गरिरहेकाछन । बाटोमा सानासाना बालबालिकाहरू निलो सर्ट र  निलो पेन्टमा सजिएर झोला बोक्दै विद्यालयतर्फ आइरहेका छन्। बालबालिकाको त्यो दृश्य देख्दा हेरेर हामीले पनि आफ्नो बाल्यकालको स्मरण गर्यौं।  

    सरनबारीमा हामीले कोहि पनि त्यसै बसेको देखेनौं। कुनै चोकमा बसेर कोहि पनि चिया गफमा भुलेका छैनन्। सबै जना आफ्नै काममा व्यस्त छन्। कोहि  गाईभैँसीको लागि कुँडो पकाउदै गरेका छन् त कोहि खेतबारीमा काम गरिरहेका छन्। सरनबारीको कर्मशीलता र मेहनत देखेर हामीलाई यहाँका किसानहरूसंग कुरा गर्न हतार भैसकेको थियो। त्यतिकैमा हामी त्यही गाउँका किसान मानबहादुर गाहा कहाँ पुग्यौं ।यतिको गज्जबको ठाउँमा भेटिएका मानबहादुरसंग हामी एकैछिन गफियौं।  

    319343193_846006526619129_4664629634322417120_n.jpg

    सरनबारी गाउँको ईतिहासबारे बताउंदै मानबहादुर गाहाले राम्रो खेतीपाती र बासस्थानको खोजी गर्दै पाल्पा, माथागढी र अन्य ठाउँबाट मानिसहरु यहाँ  आएको र खेती किसानी सुरु गरेको उनले बताए। सरनबारी गाउँको कति क्षेत्रफल ठुलो छ भन्ने प्रश्नमा उनले ठ्याक्कै थाहा नभएको तर अनुमनित २० बिगाहा क्षेत्रफलभित्र सरनबारी फैलिएको जनाकारी दिए । 

    सरनबारी क्षेत्रमा मगर समुदायको बाहुल्यता रहेको र सबै गाउँलेहरु खेती किसानीलाई नै आफ्नो प्रमुख पेशा बनाएर जिबिकोपार्जन गर्ने बताउंदै उनले सिमिका लागि मात्र मात्र नभएर अन्य तरकारीका लागि पनि सरनबारी पकेट क्षेत्र बन्न सक्ने उनले बताए।  सिमीखेतीले कत्तिको आम्दानी छ र कतिलाइ पुर्याउन सक्नुभएको छ भन्ने हाम्रो जिज्ञासामा उनले सरनबारीमा भएको सिमि खेतीले देवदह नगरपालिकालाई प्रयाप्त मात्रमा पुर्याएर पनि बाहिर बेच्न सकिने उनले बताए। 

    आफुहरुले भने जति मूल्य नपाएको र बजारमा पुगेपछी पनि बिषादीयुक्त सिमि बढी सस्तोमा बिक्री हुँदा आफुहरु मारमा परेको उनको भनाई छ । सिमी  लगायत सबैखाले तरकारी खेतीको पकेटक्षेत्रको रूपमा विकास र थप व्यवस्थित गर्न स्थानीय तहले कृषकलाई उचित अनुदान प्रदान गरि उत्पादित तरकारीलाई बजारसम्म पुर्याउन सहयोग गरिदिनुपर्ने उनको माग छ। 

    सरनबारीको कृषि स्तरोन्नतिका लागि देवदह नगरपालिकाले १२ लाख छूट्याएको छ: उपप्रमुख गुरुङ

    मानबहादुर गाहासंग कुरा गरेपछि हामिले किसानका कुरा सुन्दै सिमी खेती अवलोकन गरिरहेकी उपमेयर गुरुङ्लाई  यस सन्दर्भमा कुराकानी गर्दा उनले सरनबारीको कृषि स्तरोन्नति गर्नका लागि देवदह नगरपालिकाले १२ लाख रुपैयाँ बजेट बिनियोजन गरेको र आगामी दिनमा पनि आवश्यक सहयोग गर्ने बताइन । 

    319540995_5813002402114024_6345472832873158143_n.jpg
    सरनबारीमा सिमी खेती अवलोकन गर्दै देवदह नगरपालिका उपप्रमुख विद्यालक्ष्मी गुरुङ 

    सरनबारीको सिमिखेतीको बारेमा बुझ्ने कौतुहलता यत्तिमै सकिएन। हामिले यस विषयमा देवदह नगरपालिका कृषि शाखा प्रमुख अश्विनी कुमार शर्मासंग  कुराकानी गर्यौं । उनले सिमिलाई  जाडो पनि नभएको र गर्मी पनि नभएको मौसम आवश्यक पर्ने  रहेको बताए। सरनबारीमा बलौटे दोमट माटो रहेको र यस प्रकारको माटोमा सिमिसंगै तरुल, केरा र पिँडालु खेती पनि राम्रो हुने भएकोले नगरपालिकाले सरनबारीलाई उच्च महत्वका साथ हेरिरहेको र सोहि अनुसार प्रतिफल पनि प्राप्त भएको जानकारी दिए ।

    १५० परिवारले फलाउछ झन्डै तीन करोडको सिमी

    सिमी खेतीको उत्पादन र बजारबारे कुरा गर्दै अध्यक्ष खेम बहादुर थापा सरनबारीमा बार्षिक झन्डै तीन करोडको सिमी उत्पादन हुने बताउछन्। उनी भन्छन, "ढाईदेखि ३ करोडको सिमि उत्पादन हुन्छ।  विक्रीको लागि खासै समस्या छैन, किसानको बारीमै पनि ग्राहक पुग्ने गर्छन भने त्यसको अलावा देवदह बाहेक बुटवल, सुनवल, बर्दघाट र भैरहवासम्म पनि यहाँको सिमि पुग्छ।"

    १५० घरधुरी रहेको सरनबारीमा करिव ५०० जनसंख्या रहेको  छ। वडा अध्यक्ष थापाले दिएको तथ्याङ्क अनुसार सरनबारीमा एउटा परिवारले सिमिबाटै सरदरमा २ लाख कमाउने देखिन्छ। त्यसो त सरनबारीमा सिमिमात्रै फल्दैन।  सबै किसिमका तरकारीको पकेट क्षेत्र हो सरनबारी । यस क्षेत्रका सिमी बाहेकका तरुल, पिँडालु र केरा जस्ता अन्य खेतीबाट उत्तिकै राम्रो उत्पादन हुने गर्दछ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।