Logo

२०८३, श्रावण ३०गते


images
images

कांग्रेस दलको नेतामा सभापति देउवा र महामन्त्री थापा भिड्ने

कांग्रेस दलको नेतामा सभापति देउवा र महामन्त्री थापा भिड्ने

images
  • कांग्रेस दलको नेतामा सभापति देउवा र महामन्त्री थापा भिड्ने
    images
    images

    काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको नेतामा प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवा र पार्टीका महामन्त्री गगनकुमार थापाले उम्मेदवारी दिएका छन् । सभापति देउवाको उम्मेदवारीको प्रस्तावकमा वरिष्ठ नेता रामचन्द्र पौडेल र समर्थकमा पार्टी उपसभापति पूर्णबहादुर खड्का रहेका छन्। यसैगरी महामन्त्री थापाको उम्मेदवारीको प्रस्तावकमा नेता डा शेखर कोइराला तथा समर्थकमा उपभासपति धनराज गुरुङ र महामन्त्री विश्वप्रकाश शर्मा रहेका छन् ।

    images
    images
    images

    सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा आज उम्मेदवारी दर्तापछि उनीहरुले मुलुकको अहिलेको आवश्यकता र जनताको चाहनाबमोजिम नै आफूहरुले उम्मेदवारी दिएको तर्क गरे । 

    images
    images
    images

    सभापति देउवाका प्रस्तावक रहेका पार्टीका वरिष्ठ नेता पौडेलले मुलुकको अहिलेको आवश्यकताअनुसार सबैलाई मिलाएर लैजान सक्ने अनुभवी नेतृत्वका लागि सभापति देउवाको उम्मेदवारी रहेको बताए । उनले सभापति देउवालाई सर्वसम्मतीले संसदीय दलको नेता बनाउनुपर्ने आफ्नो धारणा रहेको उल्लेख गरे।

    images
    images
    images

    यसैगरी सभापति देउवाका समर्थक रहेका पार्टी उपसभापति  खड्काले संविधानको रक्षा र कार्यान्वयन, राजनीतिक स्थायित्व र मुलुकको उन्नति प्रगतिलाई द्रूत गतिमा अघि बढाउन तथा पार्टीको हितका लागि समेत सभापति देउवाको नेतृत्व आवश्यक रहेको बताए । गठबन्धन दललाई मिलाएर लैजान सक्ने अनुभवको उपयोगिताको आवश्यता र सबैले स्वीकार्ने नेतृत्वअनुसार सभापति देउवाको उम्मेवारी रहेको उनले तर्क गरे ।

    संसदीय दलको नेताका अर्का उम्मेवार पार्टीका महामन्त्री थापाले परिवर्तनको चाहनालाई सँगै लिएर जानसक्ने आत्मविश्वासका साथ उम्मेदवारी दिएको उल्लेख गर्दै पार्टीलाई रुपान्तरण गर्न सक्ने र संसदभित्र कांग्रेसको तर्फबाट नेतृत्व गरेर गौरव गर्न लायक काम गरेर सरकार चलाउने प्रतिबद्धता व्यक्त गरे । उनले जनचहनाअनुसार आफूले पार्टीलाई बदल्ने र देशलाई पनि बदल्ने क्षमताका साथ उम्मेदवारी दिएको तर्क गरे ।

    महामन्त्री थापाका प्रस्तावक रहेका पार्टीका नेता डा कोइरालाले आफूहरुले विभिन्न चरणमा छलफल गरेर तथा स्थायित्व र निरन्तरताको एजेण्डाका साथ महामन्त्री थापालाई सर्मथन गरेको जानकारी दिए । 

    निर्वाचनका लागि उम्मेदवारी दरखास्त दिन आज दिउँसो २ बजेदेखि ३ बजेसम्मको समय निर्धारण गरिएको थियो । कांग्रेस संसदीय दलको नेताको निर्वाचन यही पुस ६ गते बुधबार हुँदैछ । 

    कांग्रेसको ‘संसदीय दलको नेता तथा कार्यसमिति निर्वाचन समिति’ले संसदीय दलको नेताको निर्वाचन सम्बन्धी कार्यतालिका सोमबार सार्वजनिक गरेको हो। कार्यतालिकाअनुसार सोमबार नै मतदाता नामावली प्रकाशन भइसकेको छ । निर्वाचनका मतदाता पार्टीका प्रतिनिधि सभाका सदस्य हुन् ।

    मतदान बुधबार बिहान ८ बजेदेखि १० बजेसम्म कांग्रेस संसदीय दलको कार्यालय परिसर, सिंहदरबारमा हुनेछ । समितिले उम्मेदवारको दरखास्त साथ दाखिल हुनुपर्ने शुल्क ५१ हजार तोकेको छ । मतदान समाप्त भएपश्चात् मतगणना र निर्वाचन परिणामको घोषणा हुनेछ । पार्टीका नेता भीष्मराज आङ्दम्बे संयोजकत्वको निर्वाचन समितिमा नेताहरु पुष्पा भुसाल र प्रकाश रसाइली स्नेही सदस्य रहेका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।