Logo

२०८३, श्रावण ३०गते


images
images

जनता हाम्रै पक्षमा थिए, तर बाकसमा मत खसाल्न सकेनौं-माधव नेपाल

जनता हाम्रै पक्षमा थिए, तर बाकसमा मत खसाल्न सकेनौं-माधव नेपाल

images
  • जनता हाम्रै पक्षमा थिए, तर बाकसमा मत खसाल्न सकेनौं-माधव नेपाल
    images
    images

    काठमाडौँ । भोट नहाल्ने नेकपा एसका १२० भन्दा बढी केन्द्रीय सदस्य छानबिनमा, मुकुन्द र झाँक्रीमाथि कारबाही माग थ्रेसहोल्ड कटाउन नसकेर राष्ट्रिय पार्टी बन्न नसकेको नेकपा एकीकृत समाजवादीका १२० जनाभन्दा बढी केन्द्रीय सदस्यहरू नै भोट हाल्न नगएको विषय उठेपछि पोलिटब्युरो बैठकमा खैलाबैला भएको छ ।

    images
    images
    images

    साेमबारदेखि सुरू भएको पोलिटब्युरो बैठकमा पार्टीका केन्द्रीय सदस्यहरू नै भोट हाल्न नगएको विषय उठेको हो । निर्वाचन क्षेत्रमा नखट्ने र भोट नहाल्ने केन्द्रीय सदस्यहरूको संख्या १२० भन्दा माथि हुनसक्ने भनिएको छ । पार्टी १७ हजार मत नपुगेर राष्ट्रिय पार्टी बन्न नसक्दा केन्द्रीय सदस्यहरू नै भोट हाल्न नगएको विषय छानबिनको दायरामा आएको पोलिटब्युरो सदस्य दीलु पन्तले बताइन् । उनका अनुसार बैठकमा यो विषय उठेपछि छानबिन हुने भएको छ । यदि १७ हजार मत बढी आएको भए नेकपा एसले थप कम्तीमा ४ सांसद पाउने थियो ।

    images
    images
    images

    बैठकमा नेकपा एसको समानुपातिक सूचीमा रहेकाहरूले समेत भोट नमागेको विषय पनि उठेको छ । दोस्रो नम्बरभन्दा तल रहेकाहरूले आफू नपर्ने निश्चित भएपछि भोट नै नमागेको कुरा उठेको छ । पार्टीका प्रभावशाली नेता मानिएका गोविन्द कोइराला, गौरा प्रसाईँ, दामोदर अर्याललगायतको नामै किटेर भोट हाल्नै नगएको आरोप लागेको छ ।

    images
    images
    images

    ३७० हाराहारीको केन्द्रीय कमिटीका १२० भन्दा बढी सदस्यको लिस्ट बनाएर छानबिन सुरू भएको नेकपा एसले जनाएको छ । मुकुन्द र झाँक्रीमाथि कारबाहीको माग यसैबीच नेकपा एसको जारी बैठकमा स्थायी कमिटीका वरिष्ठ नेता मुकुन्द न्यौपाने र पार्टी सचिव रामकुमारी झाँक्रीमाथि कारबाहीको मागसमेत भएको छ ।

    उनीहरूमाथि एमाले र माओवादीको पैरवी गरेको र आफ्नै पार्टी अध्यक्षको बद्ख्वाइँ गरेको आरोप पोलिटब्युरो सदस्यहरूले लगाएका छन् । झाँक्रीले हालै एमाले अध्यक्ष केपी शर्मा ओलीको प्रशंसा गरेर दिएको टिभी अन्तर्वार्ताको प्रसंगसमेत निस्किएको बैठकका सहभागीले बताए । मुकुन्दले सार्वजनिकरूपमै पार्टी नेतृत्वविरुद्ध बोलेको आरोप छ । उनले बारा १ मा गएर एमालेका अच्युत मैनालीलाई मत मागेको आरोप पुष्टि हुने प्रमाण नै बैठकमा पेश भएको बताइएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # माधव नेपाल
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।