Logo

२०८३, श्रावण ३०गते


images
images

गण्डकीको मुख्यमन्त्रीमा खगराजले पेश गरे दाबी, शपथ आजै

गण्डकीको मुख्यमन्त्रीमा खगराजले पेश गरे दाबी, शपथ आजै

images
  • गण्डकीको मुख्यमन्त्रीमा खगराजले पेश गरे दाबी, शपथ आजै
    images
    images

    पोखरा । गण्डकी प्रदेशको मुख्यमन्त्री नियुक्त गर्न एमाले संसदीय दलका नेत खगराज अधिकारीले प्रदेश प्रमुख पृथ्वीमान गुरुङसमक्ष दाबी पेश गरेका छन् ।

    images
    images
    images

    केन्द्रीय सत्तारुढ दलमा आइतबार बेलुकामात्र भएको प्रदेशको भागबण्डामा गण्डकी प्रदेश पूरै कार्यकालका लागि एमालेलाई परेपछि प्रदेश प्रमुखले दिएको समय सीमाको अन्तिम दिन अधिकारीले दाबी पेश गरेका हुन् । 

    images
    images
    images

    ६० सदस्यीय प्रदेश सभामा एमालेका २२, माओवादीका ८, राप्रपाका २ र स्वतन्त्र सांसद दीपक मनाङ (३३ जना)को समर्थनमा खगराजले मुख्यमन्त्री नियुक्त गर्न दाबी पेश गरेका छन् ।

    images
    images
    images

    एमाले स्थायी कमिटी सदस्य तथा संगठन विभाग प्रमुखसमेत रहेका खगराजले कास्की–१ (१) बाट चुनाव जितेका हुन् ।

    एमालेले पूरै कार्यकालका लागि मुख्यमन्त्री पाएपछि मुख्यमन्त्री दाबी गर्दै आएका माओवादी संसदीय दलका नेता हरिबहादुर चुमानले असन्तुष्टी जनाएका थिए ।

    तर, प्रदेशको भागबण्डाको टुंगो नलाग्ने ३ दलले सरकार गठनपछिको साझा एजेण्डाबारे र प्राथमिकताबारे शनिबारदेखि नै छलफल गरिरहेका छन् ।

    गण्डकीमा माओवादीले सभामुख प्राप्त गरेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # गण्डकी प्रदेश
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।