Logo

२०८३, श्रावण ३०गते


images
images

नेपाली सेनाको एकीकरण टर्च र्‍याली काठमाडौँ आइपुग्यो

नेपाली सेनाको एकीकरण टर्च र्‍याली काठमाडौँ आइपुग्यो

images
  • नेपाली सेनाको एकीकरण टर्च र्‍याली काठमाडौँ आइपुग्यो
    images
    images

    राजेश पराजुली, गण्डकी प्रदेश । नेपाल एकीकरणको क्रममा पृथ्वीनारायण शाह हिँडेको बाटो पछ्याउँदै पदयात्रा सुरु गरेको नेपाली सेनाको ‘एकीकरण टर्च र्‍याली’ आज काठमाडौँ आइपुगेको छ ।

    images
    images
    images

    गत बिहीबार गोरखाबाट हिँडेको ‘एकीकरण मार्ग पदयात्रा’ आज विहान ९ बजे काठमाडौँ आइपुगेको हो । गोरखाबाट हिँडेको उक्त टोली धादिङको भर्‍याङ भुरुङ, नुवाकोट र ककनी हुँदै काठमाडौँ आइपुगेको हो । काठमाडौँ आउने क्रममा तारकेश्वर वडा नं ३ ले पाँचमानेमा उक्त टोलीलाई बाजागाजासहित फूलमालाले स्वागत गरेको वडा अध्यक्ष पर्शुराम अर्यालले जानकारी दिए ।

    images
    images
    images

    काठमाडौँ आइपुगेको उक्त र्‍याली आज हनुमानढोकामा पुग्ने नेपाली सेनाका कालीध्वज गण नागार्जुनका सेनानी सागर थापाले बताए ।

    images
    images
    images

    र्‍यालीमा सहभागी सैनिकहरु पृथ्वीनारायण शाहको समयमा उहाँको फौजले प्रयोग गरेको जस्तै पोषाक र हतियारमा सजिएका छन् । सिंहदरबार परिसरमा रहेको पृथ्वीनारायण शाहको शालिकमा यही पुस २७ मा विशेष कार्यक्रम गरेर र्‍यालीको समापन गरिने कार्यतालिका रहेको नेपाली सेनाले जनाएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नेपाली सेना
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।