Logo

२०८३, श्रावण ३०गते


images
images

प्रधानमन्त्रीले गरे गोरखा महोत्सव उद्घाटन

प्रधानमन्त्रीले गरे गोरखा महोत्सव उद्घाटन

images
  • सेतोमसी सहकर्मी
  • प्रधानमन्त्रीले गरे गोरखा महोत्सव उद्घाटन
    images
    images

    राजेश पराजुली, गण्डकी प्रदेश । गोरखा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सबै दलको साझा प्रधानमन्त्रीका रूपमा आफूले पाएको विश्वासको मतले चुनौती र जिम्मेवारी दुवै थपिएको बताएका छन्। 

    images
    images
    images

    गोरखा उद्योग वाणिज्य सङ्घको आयोजनामा सदरमुकाममा आजदेखि सुरु भएको ११औँ गोरखा महोत्सव एवम् प्रदेशस्तरीय कृषि, पर्यटन तथा औद्योगिक व्यापार मेला-२०७९ को उद्घाटन गर्दै उनले साझा प्रधानमन्त्रीका रूपमा काम गर्ने ऐतिहासिक अवसर प्राप्त भएको बताए । प्रधानमन्त्री दाहालले यसलाई आफूले एउटा ठूलो चुनौती र अवसरका रूपमा लिएको समेत उल्लेख गरे । 

    images
    images
    images

    प्रधानमन्त्री दाहालले अब देशको विकास र समृद्धिलाई गति प्रदान गर्नेसमेत बताएका छन् । उनले सार्वजनिक तथा निजी क्षेत्रको योगदान र पहल विना अर्थतन्त्रलाई गति दिन नसकिने भन्दै त्यसका लागि सहकार्य गरेर अघि बढ्ने बताए । प्रधानमन्त्री दाहालले राष्ट्रिय गौरवको बूढीगण्डकी आयोजना, आरुघाट रोइला सडकखण्ड निर्माण, पालुङटार विमानस्थल सञ्चालन लगायतका कामलाई अगाडि बढाउने प्रतिबद्धता जनाए । 

    images
    images
    images

    “विकासका अधुरा परियोजनालाई अगाडि बढाउने र देशलाई समृद्धिको दिशामा अघि बढाउने कुरा मेरो प्राथमिकतामा छ”, उनले भने, “ऐतिहासिक अवसरलाई पूरा गर्न निरन्तर अगाडि बढ्नेछु ।” प्रधानमन्त्री दाहालले निर्वाचनका क्रममा आफूले गरेका प्रतिबद्धतालाई पूरा गर्ने बताए ।

    “निर्वाचन अभियान दौरानमा तपाईँहरूको अगाडि गरेको वाचा कबुलहरू राम्रैसँग सम्झना छ”, प्रधानमन्त्री दाहालले भने, “गोरखाको जिल्लाको जनप्रतिनिधिका रूपमा निर्वाचित भएर झन्डै राष्ट्रिय सहमतिको प्रधानमन्त्री बन्न पाउँदा मलाई गर्व पनि छ ।”

    उनले गोरखा जिल्लाका जनताले आफूलाई निर्वाचित गराएर सबै नेपाली जनताको सेवा गर्ने अवसर प्राप्त भएको भन्दै गोरखाका मतदाताहरूलाई धन्यवादसमेत दिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।