संसारमा लाखौं करोडौं भाइरसहरु थिए, छ्न र रहनेछ्न । भाइरस तथा ब्याक्टेरियाहरु पनि सृष्टिको सुरुवात भए संगै उत्पत्ति भएका हुन, अहिले भर्खरै जन्मेका हैनन । बरु आधुनिक प्रविधिको विकास संगै भाइरस तथा ब्याक्टेरियाहरुको खोज तथा अनुसन्धान गर्दै जाने क्रममा क्रमशः भेटिदै गएका र नामानुकरण हुँदै गएका हुन ।
मानिसलाई रोग पहिला पनि लाग्दथे र अहिले पनि लाग्दैछ्न । फरक यत्ति हो कि पहिला हरेक चिजहरु अर्गानिक, ताजा र शुद्ध भएकोले मानिसको प्रतिरोधात्मक क्षमता बलियो थियो र रोगको संक्रमण पनि कम हुन्थ्यो ।
बिज्ञानको हवला दिएर “रिसर्च” को ट्याग लगाइदिएपछि आँखा चिम्लेर विश्वास गर्ने वातावरणको सृजना भएपछि साम्राज्यवादले यसैको आडमा संसार कब्जा गर्ने र सारा विश्वलाई आफ्नो नियन्त्रणमा लिने सम्मका सोंच तयार पार्न थाले ।
गाउँले जिवनशैली थियो । उकाली ओराली थियो । स्वच्छ हावापानी थियो । त्यसैले पू्र्खा पुर्वजहरु बलिया थिए । तर अहिलेको आधुनिक ब्यस्त जिवनशैली, प्रदुषणयुक्त शहरी बसाई, आधुनिक विलासी जिवनचर्या र बिषादियुक्त खानपिनको कारणले गर्दा अनेकौं रोग तथा संक्रमणहरु उत्पन्न हुँदै गए । मानिसको प्रतिरोधात्मक क्षमता कमजोर हुँदै गयो र सामान्य भाइरस तथा ब्याक्टेरियाहरुले पनि कडा रुपमा आक्रमण गर्न सक्ने भए ।
फलस्वरूप मानिस जन्मने बित्तिकैबाट विभिन्न किसिमका रसायन तथा औसधिको प्रयोग गर्नुपर्ने बाध्यता हुदैगयो । एक पछि अर्को भाइरस तथा ब्याक्टेरियाहरुले आक्रमण गर्दै नयाँ नयाँ रोग तथा संक्रमणहरु थपिदै गएपछि उपाय स्वरुप मानिसले पनि एक पछि अर्को औषधि र अर्को भ्याक्सिनहरु तयार पार्दै गए । जसले गर्दा पुर्खाहरुले अपनाउदै आएका परम्परागत औसधि तथा जडिबुटीहरु बिस्थापित हुँदै गए भने भ्याक्सिन तथा औसधि कम्पनीहरु मालामाल हुँदै गए ।
गरिब राष्ट्रहरु बर्षेर्नि खोप तथा औषधिहरु खरिद गर्न ऋण माथी ऋण काढ्दै दिनप्रतिदिन गरिब हुँदै जानुपर्ने अवस्थाको सृजना भयो भने धनी तथा विकसित मुलुकहरु बर्षेर्नि औसधि तथा भ्याक्सिन बेचेरै झन भन्दा झन धनी हुँदै आफ्नो प्रभुत्व तथा साम्राज्यवाद स्थापना गर्न सफल हुँदै जाने भए । बिज्ञानको हवला दिएर “रिसर्च” को ट्याग लगाइदिएपछि आँखा चिम्लेर विश्वास गर्ने वातावरणको सृजना भएपछि साम्राज्यवादले यसैको आडमा संसार कब्जा गर्ने र सारा विश्वलाई आफ्नो नियन्त्रणमा लिने सम्मका सोंच तयार पार्न थाले ।
यसरी एकातिर यस्तो कुटिल योजना स्वरुप एजेन्डा २१/२०३० को अवधारणा समेत आइसकेको अवस्था छ भने अर्कोतिर विभिन्न रोगरुको बहानामा अहिलेसम्म विभिन्न २५ वटा रोगहरुको लागि भ्याक्सिन प्रचलनमा आइसकेको छ ।
त्यस्तै अन्य २४ वटा भ्याक्सिनहरु आउने क्रममा पाइपलाइनमा छ्न । यी सबै भ्याक्सिनहरु आइसकेपछि अब आउने नयाँ पिढिले जन्मने बित्तिकै उमेर अनुसार क्रमशः ४९ वटा इन्जेक्सन लगाउनुपर्ने अवस्था आउदैछ ।
✍️ गोपाल पाल्पाली आचार्य
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology