Logo

२०८३, श्रावण ३०गते


images
images

गण्डकीमा: ७ मन्त्रालयमा सहमति, आज बेलुकासम्म मन्त्रालयलाई पूर्णता दिने तयारी

गण्डकीमा: ७ मन्त्रालयमा सहमति, आज बेलुकासम्म मन्त्रालयलाई पूर्णता दिने तयारी

images
  • सेतोमसी सहकर्मी
  • गण्डकीमा: ७ मन्त्रालयमा सहमति, आज बेलुकासम्म मन्त्रालयलाई पूर्णता दिने तयारी
    images
    images

    राजेश  पराजुली, पोखरा । गण्डकी प्रदेशका प्रवक्ता तथा मन्त्री सीता सुन्दासले गण्डकीमा ७ वटा मन्त्रालय बनाउने सहमति भएको जानकारी दिइन् । 
    ‘आइतबार नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राप्रपाबीच गण्डकी प्रदेशको मन्त्रालयलाई पूर्णता दिन छलफल गरेको थियौं, प्रवक्ता सुन्दासले भनिन्, ‘गण्डकीमा ७ वटा मन्त्रालय बनाउने सहमति भएको छ, भोलि पुनः बैठक बस्दै छौं सकेसम्म बेलुकासम्म प्रदेशमा मन्त्रालयले पूर्णता पाउँन सक्छ ।’

    images
    images
    images


    गण्डकीमा ७ वटा मन्त्रालय बनाउने सहमति भएसँगै कसले कति मन्त्रालय लिने भन्ने भोलिको बैठकले टुङ्गो लाग्ने प्रवक्ता सुन्दासले जानकारी दिइन् । 
    पुस २५ गते गण्डकी प्रदेशको मुख्यमन्त्री नियुक्त भएका खगराज अधिकारीले २९ गते नै विश्वासको मत लिइसकका छन् । 

    images
    images
    images


    मुख्यमन्त्री नियुक्तसँगै एमालेबाट सीता सुन्दास, माओवादी संसदीय दलका नेता हरिबहादुर चुमान र राप्रपा संसदीय दलका नेता पञ्चराम तमु बिना विभागीय मन्त्री भैसकेका छन् । 

    images
    images
    images


    गण्डकी प्रदेशका संस्थापक मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले ७ मन्त्रालय बनाएपनि नेकपा दुईतिर हुँदा ११ मन्त्रालय बनाएका थिए भने नेकपा दुईतिर हुँदा गण्डकीका मुख्यमन्त्री भएका नेपाली कांग्रेसका कृष्णचन्द्र पोखरेल नेपालीले १२ मन्त्रालय बनाएका थिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # गण्डकी प्रदेश
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।