Logo

२०८३, श्रावण ३०गते


images
images

गण्डकीका मुख्यमन्त्री अधिकारीद्वारा मन्त्री तथा सचिवहरुलाई निर्देशनः अनावश्यक खर्च घटाउनुस्

गण्डकीका मुख्यमन्त्री अधिकारीद्वारा मन्त्री तथा सचिवहरुलाई निर्देशनः अनावश्यक खर्च घटाउनुस्

images
  • गण्डकीका मुख्यमन्त्री अधिकारीद्वारा मन्त्री तथा सचिवहरुलाई निर्देशनः अनावश्यक खर्च घटाउनुस्
    images
    images

    राजेश पराजुली, पोखरा | गण्डकी प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरुमाझ प्रस्तुत भएको मन्त्रालयगत ब्रिफिङमा मुख्यमन्त्री खगराज अधिकारीले सुझाव तथा निर्देशन दिएका छन् । आज बसेको गण्डकी प्रदेशको मन्त्रीमण्डलको बैठकमा मुख्यमन्त्री अधिकारीले विविध निर्देशन दिएका हुन् । मुख्यमन्त्री अधिकारीले प्रदेशमा सुशासन कायम गर्न भाषण र नारामा सिमित नराखि काम गर्न मन्त्री तथा सचिवहरुलाई निर्देशन दिएका छन् ।

    images
    images
    images

    पूँजिगत खर्च बढाउन, चालु खर्च घटाउन, अनावश्यक चालु खर्च घटाई पूँजीगत बजेट र खर्चको बढोत्तरीमा लाग्न समेत मुख्यमन्त्रीले निर्देशन गरेका छन् । त्यसैगरि आर्थिक ऐन, नियम तथा कार्यविधिहरुको पूर्ण पालना गरी पुराना बेरुजुहरु फछ्यौट गर्न एवम् नयाँ बेरुजु हुन नदिने तर्फ विशेष पहल गर्न पनि अधिकारीले मन्त्री तथा सचिवहरुलाई निर्देशन दिएका छन् र साथै प्रदेश गौरवका आयोजना सम्पन्न गराउन तदारुकताका साथ काम गर्न सबै जिम्मेवारीका साथ लाग्न उनले आग्रह गरेका छन् ।

    images
    images
    images

    मुख्यमन्त्री खगराज अधिकारीले दिएको सुझाव तथा निर्देशन यस्तो छः नेपालको संविधानको भावना अनुसार जनताको सर्वोपरिहित सम्बोधन हुनेगरी प्रदेश सरकार सञ्चालन गर्ने विषयमा गण्डकी प्रदेश सरकारले नेतृत्तदायी र उदाहरणीय काम गर्ने प्रयास गरेको छ । यसमा हामी सबै जिम्मेवाररूपमा प्रस्तुत हुन सक्नुपर्दछ ।

    images
    images
    images

    यस शिलशिलामा प्रदेश सरकारलाई मितव्ययी र प्रभावकारी बनाउन छरितो संरचना बनाउने निर्णय भैसकेको छ सबै मन्त्रालय र कार्यालयले वस्तुनिष्ठ संगठन संरचना निर्माण गर्न प्रमुख सचिवको अध्यक्षतामा गठित संगठन तथा व्यवस्थापन समितिलाई सहयोग गर्नुहुन अनुरोध गर्दछु जग्गा प्राप्तिको समस्याले रोकिएका आयोजना तथा कार्यक्रमहरु के के छन् रु तीनको सम्भाव्यता छ कि छैन ? ठोस सुझाव प्रस्तुत गर्नुहुन निर्देशन गर्दछु ड्ड विकास आयोजनाहरुलाई गरिबी हटाउँदै समृद्धिको आधारको रुपमा सञ्चालन गर्न आयोजनाको प्राथमिकीकरण गरी तहगत सरकारका आयोजना र कार्यक्रमसँग दोहोरोपना नुहने गरी मात्र कार्य अगाडी बढाउन सबै मन्त्रालयलाई निर्देशन गर्दछु सुशासन कायम गर्ने विषय भाषण र नारामा मात्रै सिमित नराखी व्यवहारमा देखिने गरी कार्य गर्न माननीय मन्त्रीहरु र सचिवहरुलाई निर्देशन गर्दछु पूँजिगत खर्च बढाउने, चालु खर्च घटाउने विषय वित्तीय सुशासन र विकासको अनिवार्य शर्त हुन् यस सवालमा अनावश्यक चालु खर्च घटाई पूँजीगत बजेट र खर्चको बढोत्तरीमा लाग्न समेत निर्देशन गर्दछु आर्थिक ऐन, नियम तथा कार्यविधिहरुको पूर्ण पालना गरी पुराना बेरुजुहरु फछ्यौट गर्ने एवम् नयाँ बेरुजु हुन नदिने तर्फ विशेष पहल गर्न निर्देशन गर्दछु प्रदेश गौरवका आयोजना सम्पन्न गराउन तदारुकताका साथ काम गर्ने सम्बद्ध सबै जिम्मेवार भएर लाग्नुहोला ।

    समपूरक, विशेष र वित्तिय समानीकरण अनुदानको गुणात्मकता ल्याउन समन्वय, सहअस्तित्व र सहकार्यको अवधारणालाई व्यवहारमा उतार्ने गरी ठोस कार्यक्रम र कार्ययोजना समन्वयात्मक ढंगबाट सम्पादन गर्नेगरी व्यवस्था मिलाउन निर्देशन गर्दछु सबै मन्त्रालयहरुले आवधिकरुपमा ठोस नतिजा सहितको कार्यप्रगतिको प्रतिवेदन गर्नुहुन निर्देशन गर्दछु ।

    यहाँहरुले हिजो र आज आ-आफ्नो मन्त्रालयका गतिविधिहरु प्रस्तुती गर्नुभयो, यसको लागि यहाँहरु सबैलाई धन्यवाद दिन चाहन्छु र आगामी प्रस्तुती थप वस्तुनिष्ठ कार्ययोजना सहित हुन निर्देशन गर्दछु । सुधार नगरी सुखै छैन, यसैले सुधार अफैबाट शुरु गरौं । आजबाट नै गरौं

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # गण्डकी प्रदेश
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।