Logo

२०८३, श्रावण ३०गते


images
images

क्यानद्वारा क्रिकेटर सन्दीप लामिछानेको निलम्बन फुकुवा

क्यानद्वारा क्रिकेटर सन्दीप लामिछानेको निलम्बन फुकुवा

images
  • क्यानद्वारा क्रिकेटर सन्दीप लामिछानेको निलम्बन फुकुवा
    images
    images

    पोखरा । नेपाल क्रिकेट संघ (क्यान) ले बलात्कार आरोपी क्रिकेटर सन्दीप लामिछानेमाथिको निलम्बन फुकुवा गरेको छ । मंगलबार पोखरामा बसेको बोर्ड बैठकले उनीमाथिको प्रतिबन्ध फुकुवाको निर्णय गरेको ‍सदस्य वीरेन्द्रबहादुर चन्दले जानकारी दिए ।

    images
    images
    images

    नेपाली क्रिकेट टिमका पूर्वकप्तान समेत रहेका सन्दीप लामिछानेले गत भदौ ५ गते काठमाडौं गौशालाको एक होटलमा लगेर एक नाबालिग किशोरी बलात्कार गरेको आरोप लागेपछि क्यानले उनलाई भदौमा २३ मा निलम्बन गरेको थियो । त्यसपछि गत असोज २० गते पक्राउ परेका लामिछाने पर्पक्षका लागि थुनामा थिए । तर पाटन उच्च अदालतले गत पुस २८ गते लामिछानेलाई २० लाख धरौटी राखेर छोड्न आदेश दिएपछि लामिछाने थुनामुक्त भएका थिए ।

    images
    images
    images

    उनलाई धरौटीमा छाड्ने आदेशविरुद्ध महान्यायाधिवक्ता कार्यालयले मंगलबारै सर्वोच्च अदालतमा निवेदन दर्ता गराएको थियो । तर यता पोखरामा बसेको बैठकले भने लामिछानेमाथिको निलम्बन फुकुवाको निर्णय गरेको हो । निलम्बन फुकुवाकोबारे क्यानले औपचारिक रुपमा धारणा बाहिर ल्याइसकेको छैन । निलम्बन फुकुवापछि उनलाई राष्ट्रिय टिममा समावेश गर्ने नगर्ने वा नेपालको तर्फबाट खेल्न अनुमति हुने नहुनेबारे स्पष्ट भइसकेको छैन ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # सन्दीप लामिछाने
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।