Logo

२०८३, श्रावण ३०गते


images
images

तनहुँका महिला: गाउँपालिकाले सीप सिकायो अब आत्मनिर्भर उद्यमी बन्ने

तनहुँका महिला: गाउँपालिकाले सीप सिकायो अब आत्मनिर्भर उद्यमी बन्ने

images
  • तनहुँका महिला: गाउँपालिकाले सीप सिकायो अब आत्मनिर्भर उद्यमी बन्ने
    images
    images

    राजेश पराजुली, गण्डकी प्रदेश ।  तनहुँको म्याग्दे गाउँपालिका वडा नं. ७ की अनिता विकले क्रिष्टलका गहना बनाउने सीप सिकिन् । सीप सिकेपछि अब उनलाई आत्मनिर्भर बन्ने जोश बढेको छ । म्याग्दे गाउँपालिकाले सीपमूलक तालिम प्रदान गरेपछि विक अब आँफै उद्यमी बन्ने तयारीमा छन् ।

    images
    images
    images

    “अहिलेसम्म घरायसी काममा व्यस्त रहँदै आएको छु, गाउँपालिकाले सीप सिकायो”, विकले भने, “अब उद्यमी बन्ने सोचेको छु”, विकले घरमै यत्तिकै बस्नुभन्दा आयआर्जनतर्फ लाग्न सके आत्मनिर्भर बनिने उल्लेख गरे । 

    images
    images
    images

    सोही ठाउँ निवासी विष्णु श्रेष्ठ शीप सिकेपछि आयआर्जनतर्फ लाग्ने बाटो खुलेको बताउछन् । “तालिमले सीप सिकायो, अब सीपको सदुपयोग गरेर आत्मनिर्भरको बाटोमा अगाडि बढ्छु”, उनले भने, “क्रिष्टलका गहना बनाएर बिक्री गर्न सकिए राम्रो आम्दानी हुन्छ ।” श्रेष्ठले आफूहरूले उत्पादन गरेको गहना बजारीकरणका लागि गाउँपालिकाले सहयोग गर्ने प्रतिबद्धता जनाएकाले उत्साह जागेको बताए । 

    images
    images
    images

    स्थानीयस्तरमा आयोजना हुने कार्यक्रमका लागि माला बनाएर बिक्री गर्न सकिनेमा स्थानीयवासी शिवकुमारी राना विश्वस्त छन् । “टोल-टोलमा कार्यक्रम हुन्छन्, त्यहाँ स्थानीयस्तरमै उत्पादित माला बिक्री वितरण गर्न सकिन्छ, यसले गर्दा आयआर्जन पनि हुने”, उनले भने ।

    आफूलाई आवश्यक परेको र प्रयोग गर्दै आएका सबै सामान आँफैले बनाउन सक्ने भएपछि गङ्गा श्रेष्ठले अब सीपलाई निरन्तरता दिने बताए ।

    “दुबोको माला, फाइवरको माला आफँैले बनाउन सक्ने भएका छौँ, स्थानीय कार्यक्रममा बाहिरबाट किनेर ल्याउने माला अब आफैँले बनाएर बिक्री गर्न सक्छौँ”, उनले भनिन् । थोरै लगानीमा पनि व्यवसाय विस्तार गर्न सकिने भएकाले अब यसतर्फ लाग्ने उनले बताइन् । 

    म्याग्दे गाउँपालिकाले यहाँका महिलालाई सीपमूलक तालिम दिन थालेपछि उनीहरू उत्साहित भएका छन् । महिलालाई सीप सिकाइ आयआर्जनतर्फ लैजान खोजिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले जानकारी दिए । “यहाँका महिलालाई मागका आधारमा सीपमूलक तालिम दिन थालेका छौँ”, उनले भने ।

    गरिबी निवारणका लागि लघुउद्यम विकास कार्यक्रममार्फत गाउँपालिकाले महिलालाई सीपमूलक तालिम प्रदान गरिरहेको फोकल पर्सन एवं अधिकृत प्रदीप न्यौपानेले बताए । उनका अनुसार घरायसी कामकाजमा व्यस्त रहने महिलालाई सीप सिकाएर आत्मनिर्भर बनाउन विभिन्न तालिम दिन शुरु गरिएको हो ।
    “माग र आवश्यकताका आधारमा विभिन्न सीपमूलक तालिम दिइरहेका छौँ”, उनले भने, “यसले गर्दा महिलालाई आयआर्जनमा सहयोग पुग्ने विश्वास लिएका छौं ।”

    गाउँपालिकाले म्याग्दे-२ जामुनेका महिलालाई अचार बनाउने तालिम प्रदान गरेको छ । सो क्रममा १९ महिलालाई १५ प्रकारका अचार बनाउने सीप प्रदान गरिएको छ । म्याग्दे गाउँपालिकाका श्रीप्रसाद श्रेष्ठले महिला सीप सिकेर आत्मनिर्भर बन्नुपर्ने बताए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # तनहुँ
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।