Logo

२०८३, श्रावण ३०गते


images
images

तनहुँमा दुई यात्रुबस एकापसमा ठक्कर खाँदा १३ यात्रु घाइते

तनहुँमा दुई यात्रुबस एकापसमा ठक्कर खाँदा १३ यात्रु घाइते

images
  • तनहुँमा दुई यात्रुबस एकापसमा ठक्कर खाँदा १३ यात्रु घाइते
    images
    images

    राजेश पराजुली, गण्डकी प्रदेश । पृथ्वी राजमार्गमा पर्ने तनहुँको म्याग्दे गाउँपालिका –२ माथिल्लो गुणादीमा सोमबार दिउँसो ४ बजे दुई यात्रुबस दुर्घटना हुँदा १३ यात्रु घाइते भएका छन् ।

    images
    images
    images


    दमौलीबाट पोखरा जाँदै गरेको ग १ ख ३८२३ नम्बरको बस र बिपरित दिशाबाट आउँदै गरेको ना ५ ख २११३ नम्बरको बस एकापसमा ठक्कर खाँदा दुवै तर्फका गरी सो सङ्ख्यामा घाइते भएका हुन् ।

    images
    images
    images


    जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाणका अनुसार पोखरा महानगरपालिका –३ बस्ने वर्ष ४३ की श्याममाया मग्राती सोही महानगरका वडा २ बस्ने अभिषेक सुनार र वर्ष २२ की पुजा सुनार घाइते भएका हुन् ।

    images
    images
    images


    उनीहरु सबैको दमौलीस्थित रत्नहरी अस्पतालमा उपचार भइरहेको छ । यसैगरी तनहुँको शुक्लागण्डकी नगरपालिका –४ बस्ने वर्ष ४० को बलबहादुर गर्बुजा व्यास नपा. – ५ पतेनी बस्ने वर्ष ६३ की हिरा बिक, सोही ठाउँमा बस्ने वर्ष ६६ को त्रिलाल बिक, व्यासकै वडा –१३ बस्ने वर्ष ४५ की रुपा रम्तेल, वर्ष ४० को यमबहादुर रम्तेल, म्याग्दे गाउँपालिका –४ थर्पु बस्ने वर्ष ५४ को शारदा कुमाल घाइते भएका छन् ।


    यसैगरी, गोरखा पालुङटार न.पा. –२ बस्ने वर्ष ७५ की सुकुन्धरा नेपाली, कास्की अन्नपूर्ण गाउपालिका –१ बस्ने वर्ष १९ की इल्का लिम्बु घाइते भएका छन् । उनीहरू सबैको दमौली अस्पतालमा उपचार भइरहेको छ । त्यस्तै, कास्कीको पोखरा महानगरपालिका –३ बस्ने अग्नि सुनार घाइते भएको र उनको पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।